अपडेटःधादिङको मार्पाकमा बस पल्टिदाँ १८ जनाको मृत्यु


Loading...


असोज ११ ,  धादिङ ।जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ १८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा घाइते भएका छन् ।
मंगलबार बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११ः३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ । बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी दिए । पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।

घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ । दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार गरेको स्थानीय उद्दारकर्ताहरुले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ ।पाविल न्यूज
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2