Loading...
एजेन्सी– सिमन ओ केन नामका एक पुरुषले आफ्नै श्रीमतिलाई बिक्रिका लागि राखेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार बेलायतमा सिमनले ईबे मार्फत आफ्नी श्रीमतिलाई बिक्रिका लागि अनलाइन सपिङमा राखेका हुन् । लिएन्ड्रा नामकी श्रीमतीले पत्नीको भूमिका निभाउन नसकेको भन्दै दुई बच्चाको बाबु बनिसकेका ती पुरुषले सबैलाई चकित पार्दै आफ्नै श्रीमतिलाई बिक्रिमा राखेका हुन् ।
Loading...
उनले लिएन्ड्रालाई अनलाइन सपिङमा राखेपछि किन्न चाहनेको होडबाजी चलेको छ । धेरै उनलाई किन्न ईच्छुक देखिएका छन् । सिमनले आफू टेलिकम इन्जिनियर भएको र राति कामबाट थाकेर आउँदा श्रीमतिले बेवास्ता गरको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘त्यसैले मलाई लाग्छ, तिमीलाई बिक्रिका लागि राख्नु नै उत्तम हुनेछ ।’उता सो कुरा थाहा पाएपछि लिएन्ड्राले आफ्ना श्रीमानलाई तत्काल मारिदिन मन लागेको प्रतिक्रिया दिएकी छन् । सिमनले लिएन्ड्रा किचनको काम गर्न सिपालु भएको समेत उल्लेख गरेका छन् । काठमाण्डु टुडे
Loading...


Post a Comment