Loading...
बिनोद ढुंगाना
कार्तिक ४, पोखरा । दाजुभाई र दिदीबहिनीबिचको आत्मिय र पबित्र स्नेह एवंम सम्बन्धलाई दर्शाउने पर्व तिहारलाई लक्षित गर्दै गायक बिनोद भण्डारीको स्वरमा रहेको गीत "बहिनी" बजारमा आएको छ । परदेशमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा योगदान पुप्याउँदै आईरहेका गायक भण्डारीको गीत बहिनीमा सर्जक शिव अखेलीका शब्द अनि बहुचर्चित सर्जक एकनारायण भण्डारीको लय सिर्जना छ ।
बैदेशीक रोजगारी क्रममा हाल जापनमा रहेका भण्डारीले यसपलिको दशैमा परदेशीको बाटो गीत बजारमा ल्याएका थिए । उक्त गीतले समेत निकै चर्चा बटुलेको थियो ।
तिहार नजिकदै गर्दा परदेशी दाजुको बाटो हेर्दे गरेकी बहिनीलाई यसपाली परदेशी दाजु घर नआउने सन्देश गतिमार्फत पठाइएको छ ।
जापनमै छायांकन गरिएको गीतको म्युजिक भिडियोलाई गायक भण्डारीले नै निर्देशन गरेका छन् । भिडियो बिष्णु सुवेदीको छायांकन एवंम सम्पादनमा तयार पारिएको हो ।
भिडियो हेर्नुहोस् :
Loading...
Loading...


Post a Comment