दूध बेचेर मासिक साठी हजार आम्दानी


Loading...

असोज २०,पाल्पा  । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रु ६० हजार आम्दानी गर्दै आउनुभएको छ । दूध उत्पादनबाटै उहाँको परिवारको गुजारा राम्रोसँग चलेको छ । उहाँले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थाल्नुभएको हो । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ वटा माउ गाई र सातवटा बाच्छाबाच्छी रहेका छन् । उहाँले दैनिक ७० लिटर दूध भन्दा बढी बिक्री गर्दै आउनुभएको छ । 

करिब ११ वर्षसम्म उहाँले साउदी र कतारमा मजदुरी गर्नुभएको हो । “विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो,” उहाँले भन्नुभयो – “कमाउन सकिएन खाली हात घर फर्किनुप¥यो ।” गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उहाँले गाई पाल्न सुरु गर्नुभएको हो । 

रेश्मीले रु १२ लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएको हो । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु ५९ हजार, एउठटा चापकटर मेसिन र मोटर खरिदका लागि रु १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउनुहुन्छ । 

पन्ध्र माउ गाईबाट दैनिक १५० लिटर दूध उत्पादन गरी मासिक रु एक लाख बराबर आम्दानी गर्ने उहाँको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ । 
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

दशैँको मार्मिक भिडियो हेर्नुहोस्

 
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2