युएईबाट हाम्री छोरी दसैँ अघि नै पठाइदिनुस्


Loading...
उमाकान्त पाण्डे/उज्यालो ।
युएई, असोज १५ – युएईका लागि नेपाली दूतावास आबुधाबीमा एक जना स्थानीयले नेपाली महिला लिएर । नेपाली महिलाको हातमा पासपोर्ट र नेपाल जाने टिकट थियो । 
२०/२२ वर्षकी देखिने महिला अस्वस्थ थिइन् । उनको अगाडि पर्नै नहुने डराएर काम्ने र थरथराउँदै कुनातिर जाने । कसैसँग नबोल्ने । 
छिर्के कुर्ता, हरियो सुरुवालमा रातो स्वेटर लगाएकी । कसैसँग बोल्नु त टाढैको कुरा, कसैको अनुहारमा समेत नहेर्ने । स्थानीय नागरिकले दूतावासमा ल्याएर ती महिलालाई उनको परिवारसम्म पुर्‍याइदिन अनुरोध गर्दै थिए । 
दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन र श्रम सहचारी हिरा कुमारी यादवले उनको साथमा आउने स्थानीयलाई सोधे ‘उनलाई नेपालको विमानस्थलमा पुगेपछि को लिन आउँछ ? यस्तो अवस्थामा कसरी घर पुग्न सक्छिन ? अनि उनको यो अवस्था कसरी भयो ? 
ती इमराती नागरिकले भने ‘पहिले ठिकै थिइन्, पछिल्लो केही समयदेखि उनको व्यबहार अचानक परिवर्तन भयो । तपाईंहरुसँग त बोल्दिनन, म सँग झन कसरी बोल्छिन र थाहा पाउनु, खै को लिन आउँछ ?’
दूतावासकी श्रम सहचारी यादवले पासपोर्टबाट उनको घरपरिवारको ठेगाना लिनुभयो । धादिङमा रहेकी आमाको नम्बर ती इमराती नागरिकसँग लिनुभयो । तुरुन्तै फोन गरेर यताको अवस्थाबारे जानकारी दिनुभयो । परिवारले उनलाई पठाए आफुहरु विमानस्थलमै लिन आउने बताए । 
तर दूतावासले समस्यामा परेर थलिएकी सुन्तलीलाई यस्तै अवस्थामा नेपाल पठाउन सकेन । 
दूतावासकै शरणमा राखेर उपचार गराउने र उपचारपछि मात्रै घर पठाउने निर्णय गर्‍यो । बोल्नै नसक्ने ती महिलालाई श्रमसहचारी हिरा यादवको जिम्मा लगाइयो । उनकै जिम्मामा परिवारसम्म पु¥याउने योजना बनाएको थियो । 
तर दूतावासमा बस्न थालेको केही दिनपछि महिला झनै बिरामी परिन् । 
दुई दिनसम्म खाना र पानी समेत नखाएकाले सुन्तलीको अवस्था झन नाजुक भयो । दूतावासले तत्कालै निर्णय गरेर आबुधावीको खालिफा सिटी अपस्तालमा भर्ना ग¥यो । उनको अवस्था सुधार भएपनि रिपोर्ट भने बिहीबार मात्रै दूतावासले पायो । उहाँलाई डिप्रेशन भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । उपचार खर्च दूतावासले नै बेहोरेको छ । अस्पतालमा उहाँको रेखदेख र स्याहार सुसार पनि दूतावासले नै गरिरहेको छ । 
उपचारपछि ती महिलालाई दूतावासको सेल्टरमा राखिएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । सामान्य बोल्न थालेकी छन् । 
स्वास्थ्यमा राम्रो सुधार देखिए दसैँको टिका अघि नै नेपाल पठाउने प्रयास गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो । पीडित महिला सन् २०१५ मार्च १७ मा श्रम अनुमती लिएर नेपालबाटै युएई आउनु भएको हो । एक स्थानीय नागरिकको घरमा घरेलु कामदारका रुपमा  बालबच्चा हेर्ने काम गर्नुहुन्थ्यो ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2