पाल्पाका स्वास्थ्य संस्थामा औषधिको अभाव



मङ्सिर ३,  पाल्पा, । पाल्पा जिल्लाका सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधिको अभाव हुन गएको हो ।

जिल्लाका सरकारी स्वास्थ्य संस्था औषधिको अभावले स्वास्थ्य जाँच गरेर बिरामी निजी क्लिनिक धाउनुपर्ने बाध्यता रहेको छ । यस आवको भदौदेखि औषधिको अभाव देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधिसहितका आधारभूत सामान स्वास्थ्य संस्थामा नपठाएको गुनासो छ । निःशुल्क औषधि पाइने भनेर प्रचार गरेपनि स्वास्थ्य संस्थामा औषधि नै प्राप्त नभएकाले बिरामीलाई अहिले जाँच गरी औषधिका लागि अन्यत्र पठाउन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाले यस आवमा प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण कार्यक्रकमअन्तर्गत अत्यावश्यक औषधि तथा सर्जिकल सामान खरिद गर्नका लागि टेन्डर प्रक्रिया बढिसकेको सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो ।

टेन्डर प्रक्रियाबाट औषधि आपूर्ति हुन अझै तीन महिना जति समय लाग्ने हुँदा सो अवधिमा स्वास्थ्य संस्था व्यवस्थापन तथा सञ्चालक समितिको बैठकबाट पारित गराई अत्यावश्यक औषधि प्रचलित ऐनकानुनको परिधिभित्र रही व्यवस्थापन गरी सेवा सञ्चालन गर्न स्वास्थ्य संस्थाले सक्ने ज्ञवालीले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थालाई अत्यावश्यक सामान खरिदका लागि रु २० हजार देखि २५ हजारसम्म बजेट पठाएको जनाएपनि स्वास्थ्य संस्थाले औषधि खरिद गरी प्रभावकारी सेवा प्रदान गर्न सकेका छैनन् ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2