Loading...
Loading...
न्यूजनेपाल २४
मंसिर १७ , भिमाद ।भिमाद खेल मैदानमा जारी प्रथम भिमाद महोत्सवको आठौ दिन शुक्रबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले गीतमार्फत नचाएर र हास्य कलकार सुरज भिरखोईरेले उपस्थित दर्शकहरुलाइ हसाएर उधुम मच्चाएका छन् । गायक शंकर पन्त, उमादेवी खनाल लगायत स्थानिय कलाकारहरुले समेत दर्शकहरुलाई प्रस्तुति मार्फत यथेष्ट मनोरञ्जन दिलाएका थिए । महोत्सवमा शुक्रबार मात्रै हालसम्मकै सबैभन्दा बढी २५ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवको करिब ३० हजार दर्शकले अवलोकन गरेका थिए ।
कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार प्रथम भिमाद महोत्सव, हाम्रो विकासको पुर्वधार भन्ने मुल नाराका साथ मंसिर १० गतेबाट सञ्चालित महोत्सव १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा शनिबार लोकदोहारी गायक खुमन अधिकारी, शिला आले हास्य टेलीश्रृंखला भद्रगोलका सागर लम्साल बले र हरि निरौला क्रकोजको प्रस्तुति रहनेछ ।
भिमाद नगरोन्मुख गाउँ विकास समिति, नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् भिमाद सहआयोजक रहेको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु, मास, बोडी, पिडालु, सुन्तला, अदुवाको बिक्री वितरणलाई महोत्सवले प्राथमिकता दिइएको आयोजकले जनाएको छ । महोत्सवले लोपको संघारमा पुगेका विभिन्न समुदायका कला, संस्कृति, धार्मिक एवं ऐतिहासिक स्थलको संरक्षण, पर्यटकीय क्षेत्रको पहिचान, भीमाद क्षेत्रको सामाजिक, आर्थिक रुपमा विकासमा थप टेवा पुग्ने बताईएको छ ।
महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने, ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजककोे लक्ष्य रहेको बताईएको छ ।
Loading...
Loading...





Post a Comment