रिजवान अन्सारीले घोषणा गरे नयाँ पार्टी


२ पुस, काठमाडौं । पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले नयाँ पार्टी खोलेका छन् । संघीय समाजवादी र फोरमको एकतामा असन्तुष्ट बनेकाहरुलाई समेटेर अन्सारीले आफ्नो अध्यक्षतामा ‘नेपाल संघीय समाजवादी पार्टी’को घोषणा गरेका हुन् ।
शनिबार आयोजित घोषणा सभामा अन्सारीको अध्यक्षमा ५४ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । नयाँ पार्टीको वरिष्ठ नेता वीरबहादुर लामा छन् भने लोसाङ शेर्पा महासचिव र राजकुमार यादव उपाध्यक्ष छन् ।
तीन उपसचिव, तीन सचिव र कोषध्यक्ष केही दिनमा नै घोषणा गरिने अन्सारीले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...


‘नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सरीले आगामी १० वर्षमा राजीतिक विकृतिको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
अशोक राईको नेतृत्वमा एमाले छाडेका अन्सारीसहितका नेताहरू संघीय समाजवादी र मधेसी जनअधिकार फोरमबीच पार्टी एकता भएपछि असन्तुष्ट थिए ।
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2