खैरेनी माविमा युथ भिजन ग्रुप तनहुँद्धारा जर्मन प्रविधिको फिल्टर वितरण


खैरेनीटार, ५ माघ खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी नगरपालिका वडा नम्बर १०, खैरेनीटार, तनहुँको ४८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा Tobias Volz नामक जर्मन संस्थाको सहयोगमा युथ भिजन ग्रुग तनहुँको समन्वयमा एक थान फिल्टर प्रदान गरिएको थियो ।

        उक्त फिल्टर मेम्ब्रेन प्रविधिद्धारा प्रशोधित हुने हुनाले विजुलीको भर परिरहनु नपर्ने । प्रशोधित पानी अत्यन्त गुणस्तरिय, ब्याक्टेरिया तथा प्याथोजेन्स मुक्त हुने जानकारी युथ भिजन ग्रुप तनहुँका अध्यक्ष प्रदिप तिम्सिनाले दिए ।

        उक्त फिल्टरले प्रतिदिन ८ हजार लिटर पानी प्रशोधन गर्न सक्ने र फिल्टरको बजार मूल्य दुई लाख पचास हजार रहेको कुरा युथ भिजन ग्रुप तनहुँका कोषाध्यक्ष मिलन वाग्लेले वताए ।

        उक्त फिल्टर सहयोगले विद्यार्थीहरुलाई सहज रुपमा स्वच्छ र स्वस्थ पानी खुवाउन सहज हुने तथा विद्यार्थीहरुको स्वच्छ पिउने पानीको मागलाई पुरा गर्न सहज हुने आँफूमा विश्वास रहेको जानकारी विद्यालयका निमित्त प्रधानाध्यापक रामचन्द्र वगालेले दिए ।

भिडियो हेर्न तलको विज्ञापनमा क्लिक गर्नुहोस


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2