मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


दमक, ४ माघ । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा गएराति एकजना पैदलयात्रीको मृत्यु भएको छ ।  

पूर्वपश्चिम राजमार्गको दमक–७ स्थित सडकखण्डमा पूर्व जाँदै गरेको बा ६१ प ५९६१ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री दमक–१६ का ५५ वर्षीय प्रेम पुरीको मृत्यु भएको हो । 

बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका पुरीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

दुर्घटनामा परी मोटरसाइकलका चालक मकवानपुर हरिखोला–२ का २६ वर्षीय रोहित मोक्तान र पछाडि सवार उनकी दिदी मोरङ बयरवन–५ की ४० वर्षीया बबिता माझी गम्भीर घाइते भएका छन् । घाइते दिदीभाइको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रासस


भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...


0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2