दुई किसिमका छापावाल सुन बजारमा, मूल्य पनि फरक




४ माघ, काठमाडौं । सोमबारदेखि छापावाल सुनको मूल्य दुईथरी कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरिदिएको हो ।

हालसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार भएपनि अब एनआसी बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रिका लागि खुल्ला गरेकोले फरक फरक मुल्य निर्धारण गर्नुपरेको महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।


९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको मात्र गुणस्तर फरक हुने अध्यक्ष सुनारले बताए ।
महासंघले विवाहलगायत विभिन्न शुभकार्यको सिजनमा सुनको माग अत्याधिक भएपनि सरकारले दैनिक १५ किलो मात्र सुनको कारोबार गर्न दिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ ।

देशभर रहेका २२ हजार भन्दा बढी सुनचाँदी व्यवसायीलाई सरकारले उपलब्ध गराएको सुन कम भएको भन्दै कोटा बढाउन माग पनि गरिएको छ ।

सरकारसँग पटक-पटक आग्रह गर्दा पनि सुनको कोटा नबढेको भन्दै महासंघले माग अनुसारको आपूर्तिमा सन्तुलन कायम नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएको छ ।

Source : onlinekhabar


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2