सोलारको तार सर्ट भएर खोटाङमा आगलागी, सात लाख रुपैयाँभन्दा बढीको क्षति



४ माघ, खोटाङ । बाँझेच्यानडाँडा–२ बस्ने महेश गुरुङको घरमा आगलागी हुँदा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सोलारको तारबाट सोमबार दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा गुरुङको नगद १५ हजार रुपैयाँ, एक तोला सुन, घर तथा घरभित्र भएको सम्पूर्ण सामानसमेत जल्दा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो ।

घरमा कोही नभएको समयमा अचानक लागेको आगो स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकी चिउरीडाँडाले जनाएको छ । आगलागीबाट घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि गुरुङ परिवार बिचल्लीमा परेका छन् ।

आगलागीबाट क्षतिको मुचुल्का तयार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । आगलागी पीडित परिवार अहिले आफन्तकोमा आश्रय लिएर बसिरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...



Source : onlinekhabar

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2