‘कागे बाहुन’ ले लेखनाथ महोत्सवमा मुखबाटै मादल घन्काएपछि....... भिडियो सहित


माघ २९, लेखनाथ । वि.स २०४४ चैत्र ३० गते इलामको सुम्बेग ९ मा जन्मिएका रमेश दुलाल अहिले चर्चित कलाकार भएका छन् । भारतमै एलएलसी दिएका दुलाल अहिले कलाकारिता संगै ज्योतिषको काम समेत गर्छन् । संगीत बाट कथा होस् या त पुराण यी दुवै काममा यिनी खप्पिस छन् । नेता,सभासद,प्रहरीका उच्च अधिकारी र बरिस्ट व्यक्तिको चिना हेर्ने काम देखि पुजा पाठको सबै काम गर्ने कलाकार रमेश दुलालले १७३ वटा चराचुरुङ्गी तथा जनवारको आवाज निकाल्नुको साथै जनवारको माया प्रेमका भावलाई समेत आवाजमा ब्यक्त गर्न सक्छन् ।

२०५८ साल बाट कलाकारिता सुरु गरेका दुलालले सुरुमा मुख बाट मादल बजाउन र चरा कराउन सिकेका थिए । कलाकारितामा लागेको केहि बर्ष देखिनै उनलाई विभिन्न राजनैतिक दल एनजियो,आइएनजियो,उबासंघ तथा सामाजिक संघ संगठनले सम्मान गर्दै आएको छ । कार्यक्रमको शिलसिलामा दुवइ ,कतार,साउदी अरब र खाडी मुलुकका केहि देशमा समेत उनले आनो प्रस्तुति देखाइसकेका छन् ।

केहि समय पहिले भारतले नेपालमाथी अघोषित नाकाबन्दी गर्दा उनले आनो स्वरबाट कागहरलाई बोलाएर राजदुतावास घेराएका थिए । उनै कलाकार रमेश दुलालले कास्कीको लेखनाथमा जारी १३औं लेखनाथ महोत्सवमा शनिवार विभिन्न जनावरहरु स्वर नक्कल गर्नेदेखी लिएर मुखबाटै मादल बजाएर उपस्थीत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । उक्त दृश्य हेर्न तलको भिडियो हेर्नुहोस


0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2