Loading...
न्यूजनेपाल २४
फागुन २, तनहुँ । तनहुँको शुक्लागण्डकीस्थित तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको औपचारिकरुपमा उद्घाटन गरिएको छ । छैटौ विश्व रेडियो दिवस (फ्रेवरी १३) को अवसर पारि सोमवार सांसद एवम् पूर्व सुचना तथा सञ्चार मन्त्री शेरधन राइले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद राईले शुक्लागण्डकी एफएम वास्तविक सुचना र सबैको साझा आवाज बन्नका लागि शुभकामना व्यक्त गर्नुभयो ।
नेपालमा ८० प्रतिशत नेपालीहरुको पहुँचले अझैपनि रेडियो मार्फत सुचना र जानकारी लिदै आएको जानकारी दिदै रेडियोको महत्व उत्तिकै रहेको बताउनुभयो । हाल नेपालमा ७ सय एफएम रेडियो सञ्चालन भइरहेको जानकारी दिदै उहाँले सबै रेडियोहरुलाई व्यवस्थितरुपमा लैजान राष्ट्रिय आमसञ्चार निति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद टुकराज सिग्देलले गहिराईमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सिग्देलले संविधान कार्यान्वयन गरेर जानुपर्ने वर्तमान अवस्थामा सरकार संसोधन गरेर अघि बढ्न खोजेको भन्दै स्थानीय तहको निर्वाचनको मिति तोक्न आग्रह गर्नुभयो ।
बरिष्ठ साहित्यकार शेषमणि आचार्यले रवि पुग्न नसकेको ठाउँमा सञ्चारमाध्यम पुगेको उल्लेख गर्दै स्रोताको मन जित्न रेडियोलाई आग्रह गर्नुभयो । नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर समिति सभापति माधव भट्टराईले निष्पक्ष रुपमा सुचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का ईन्चार्ज पार्षद रामचन्द्र तिम्लिसिनाले सञ्चार माध्यमहरुले सत्य र तथ्यमा ध्यान दिनुपर्ने बताउनुभयो । नेकपा माओवादी शुक्लागण्डकीका इन्चार्ज खुम बहादुर विकले वर्तमान समयमा सुचना सञ्चारको महत्व बढ्दै गएको उल्लेख गर्दै सत्यतथ्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य जनार्दन वियोगीले नेपाली जनताको सुचनाको हकका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । अन्नपुर्ण डेन्टलका सञ्चालक फडिन्द्र पौडेलले शुरुवातकै समयमै रेडियोले चालेको कदमको प्रशंशा गर्नुभयो ।
शुक्लागण्डकी नागरिक समाजकी उपाध्यक्ष सरस्वती गिरीले रेडियोको थप हुनु पनि विकासको एउटा आयम भएको बताउनुभयो । तनहुँ उद्योग वाणिज्य संघ, दुलेगौडा इकाई सभापति विमल प्रसाद रिमाल, तीन खोले मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारी लगायतले बोल्नुभएको थियो ।
शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्ण श्रेष्ठ र धन्यवाद ज्ञापन ठान प्रकाश न्यौपानेले गर्नुभएको थियो । शेयर सदस्यको तर्फबाट कमलमोहन घिमिरे र विज्ञापनदाताको तर्फबाट झ्यामकुमारी भुजेले आ–आफ्नो भनाई राख्नुभएको थियो । सो अवसरमा हरि खरेलले हास्य प्रहसन प्रस्तुत गर्नुभएको थियो भने पञ्चमुनिदेव मावि, बालबिद्या मन्दिर र लिटिल गार्डेन बोर्डिङ स्कुलका छात्राहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सोहि अवसरमा रघु वाग्लेलाई रेडियो स्थापनाको समयमा पुप्याएको योगदानको कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको थियो । गीत संगीत, मनोरञ्जनका साथै सुचना, जानकारी र समाचारको माध्यमबाट यस क्षेत्रको व्यवसाय र पर्यटन प्रवद्धनमा विकास पु¥याउने उदेश्यले रेडियो स्थापना गरिएको हो । शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडाबाट प्रसारण हुने रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी बाग्लुङ, पर्वत लगायतका जिल्लामा सुन्न सकिने स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिनुभयो । शुक्लागण्डकी एफएमले गत असोज १५ गते घटस्थापनाबाट आफ्नो प्रसारण आरम्भ गरेको थियो ।
Loading...
Loading...


Post a Comment