पशुपति शर्मा र कला पंगेनीले भने "जोगाउनु छ कालापानी र सुस्ता" (भिडियो सहित)

Loading...


न्यूजनेपाल २४
फागुन १२, तनहुँ । चार्चित गायक पशुपति शर्मा र कला पंगेनीको स्वरमा रहेको राष्ट्रियता प्रर्ती समर्पित दोहोरी गीत "जोगाउनु छ कालापानी ...." सार्वजनिक भएको छ  । गीत कला पंगेनीको  युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरिएको  हो । दुर्गा पंगेनीले सिर्जना गरेको शब्दहरुमा  पशुपति शर्माले  लय बनाएका छन्  ।

देशको वर्तमान अवस्थाको चित्रण गरिएको गीतमा कालापानी, सुस्ता जोगाउन आग्रह गरिएको छ  । साथै परदेशीनेका लर्कोलाई पनि रोक्नुपर्ने बताईएको छ ।

गीतको म्युजिक भिडियोलाई शंकर बिसीको निर्देशनमा तायर पारिएको छ ।  भिडियोमा पशुपति र कलाको नै अभिनय छ भने साथमा विपेश घिमिरे, बिनु खड्का र भटभटे माईलाले पनि अभिनय गरेका छन् । सुरेश श्रेष्ठले खिचेको भिडियोको दृश्यलाई नविन घर्ति मगरले  सम्पादन गरेका छन् ।

अन्य भिडियोहरु हेर्न तल क्लिक गर्नुहोला


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2