Loading...
तनहुँ । मानिसका चाहना पनि थरिथरिका हुन्छन् । नयाँ काम गर्नु मानिसको स्वभाविक गुण भएपनि कतिपयको चाहाना भने अनौठो किसिमको नै हुने गरेको छ । यस्तै मध्येका एक युवा हुन् पाल्पाका सागर पाण्डे ।
पाल्पाको अर्गेली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २१ बर्षिय सागर अहिले गाँउ–ठाँउमा सर्प समात्ने मान्छेका रुपमा परिचित छन् ।
१८ बर्षको उमेरमा पहिलो पटक सर्प समातेको बताउने पाण्डेले हालसम्म ३ सय ५९ सर्प समातेको हामीसँगको कुराकानीमा दावी गरेका छन् । धेरैका लागि सर्प समात्नु जोखिमपूर्ण काम भएपनि सागरका लागि भने सामान्य छ । यसरी सर्प समात्ने क्रममा उनलाई १ सय भन्दा धेरै पटक सर्पले टोकेको उनको भनाई छ । तर, अचम्म यतिधेरैपटक सर्पले टोकेपनि उनले कुनै उपचार भने नगराएको दावी गर्छन । रातोपाटीबाट
थप भिडियोमा हेर्नुहोस
Loading...
Loading...


Post a Comment