आखिर किन गरिन स्ववियु सभापति उम्मेद्‍वार रिमा क्षेत्रीले आत्महत्या ?


Loading...


फाल्गुन १९,स्याङजा ।  यहाँको फेदीखोला गाविसस्थित सिद्धार्थ बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा अध्ययनरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी छन् । 
नेपाल विद्यार्थी संघको प्रतिनिधित्व गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति बनेकी क्षेत्रीले  चुनाव हारेपछि आत्महत्या गरेको हुनसक्ने  आशंका गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोगटीका अनुसार सुसाइट नोटमा मर्ने रहर त होइन बाध्यता हो भनेर लेखिएको छ । 
क्षेत्रीले २८ मत प्राप्त गरेको विद्यालय स्रोतले बतायो । बुधबार बिहान आठ बजेदेखि स्ववियु निर्वाचन सुरु भई १० बजेभित्रै नतिजा प्रकाशनपश्चात् पराजय व्यहोरेकी उनी जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्यामपसमा समेत उपस्थित भई नेविसंघको विजय जुलुस मनाएर राति घरमा फर्किएको नेविसंघका जिल्ला सभापति अजित क्षेत्रीले बताए ।
‘त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघले चुनाव जितेसँगै विजय जुलुस निकालेर खाना खुवाएर बेलुका घरमा पठाएको हो’ उनले भने, ‘बिहानसम्म घरमै भएकी रिमा परिवारले धान कुट्न जा भन्दा समेत नुहाउने बहानामा घरमै बसेर एक्लै भएको मौका छोपी आत्महत्या गरिछन् । आत्महत्याको कारण के थियो भन्ने खुल्न आएको त छैन । चुनाव हारेर होला जस्तो पनि लाग्दैन किनकि उनी जिल्ला सदरमुकाम प्रचारप्रसारमा पुगेकी थिइन् ।’ उनले आफ्नो इज्जत प्रतिष्ठामाथि कसैले आँच आउने काम गरेकोले आत्महत्या गरेको भन्ने पनि सुनिन्छ तर घरपरिवार यस विषयमा खुल्न नचाहेको बताए । कुर्थाको सलले घरभित्रै झुण्डिएर आत्महत्या गरेकी रिमालाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । कान्तिपुरबाट


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2