यौन सन्तुष्टि हुँदैन ? ३ जडीबुटी सेवन गर्नुहोस्


यौन जीवनको ठूलो पाटो हो । यौन सन्तुष्टि नभएको कारण धेरै दम्पती छुट्ने गरेको हामी देख्छौँ । यौन सनतुष्टिको लागि धेरै दमपतिहरुले औषधी प्रयोग गर्ने गर्छन् । अनि औषधि सेवनको करण बिभिन्न समस्या झेल्ने गर्छन् । प्रकृतिमा पाइन्छ ३ जडीबुटी जसले यौन दुर्बतालाई कम गर्छ । आउनुस् तल तीन ३ जडीबुटीको चर्चा गरिएको छ ।


Loading...
काउछो
नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम ‘मक्युना प्रुरिन्स’ हो । संस्कृतमा यसलाई ‘कपिकच्छु या आत्मगुप्ता’ भनिन्छ । यो अत्यान्तै यौन क्षमता बढाउनको लागि उपयोगी मानिनछ । नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी क्षेत्रमा जताततै पाइन्छ । लहराजस्तो देखिने यसको फल झुप्पामा फल्छ । यसको फल सिमीजस्तो आकारको २–४ इन्च लामो र ०.५ इन्च चौडा हुन्छ । कोसेदार फलको बाहिर निकै झुस हुन्छ । फलभित्र सिमीजस्ता १–२ से.मी व्यासका, सेता रंगका, चिल्ला, ५–६ वटा बिउ हुन्छन् ।

Also Read : स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने
यसको रस मधुर तिक्त हुन्छ भने र दोषकर्म पित्तवर्धक छ । यसको मुख्य कार्य बलबर्धक, मांसपेशी बृद्धि गर्ने, गुणवान शुक्र उत्पादन गर्नु हो । यसमा प्रमुख रसायनिक तत्वमा डोपा, सेरोटोनिनलगायत प्रोटिन मिनरल पाइन्छन् । यसको मुख्य उपयोग धातुक्षय, यौनदुर्बलताजन्य कमजोरी, कम्पवात ‘हात काम्ने वातरोग’ आदिमा हुन्छ । काउछोको बीज चूर्ण ‘बिउको धुलो’ ३–६ ग्राम बिहान–बेलुका सख्खर, मह वा दूधको तरसँग मिलाएर खान सकिन्छ । बजारमा बानरी गुटिका, शक्तिवद्र्धक योग, वाजीकर शक्तिका रूपमा पाइन्छ ।
कुरिलो
कुरिलोको वैज्ञानिक नाम ‘स्पारगस रेसिमसस’ हो । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्त्व पाइन्छ । स्वास्थ्यवद्र्धक र शक्तिवद्र्धक रूपमा लोकप्रिय छ । कुरिलोको जरामा ‘डाइस्याकराइड्स, स्टार्च, प्रोटिन र डी–ग्लुकोज’ पाइन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोइड्स स्यापोनिन पाइन्छ । आयुर्वेद चिकित्सामा कुरिलोको जरा स्नायु प्रणालीको समस्यामा प्रयोग गरिन्छ । यो रसायन पनि हो । यसले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ । यसको जराको रस निकालेर चूर्ण बनाएर अथवा पकाएर क्वाथका रूपमा प्रयोग गर्न सकिन्छ । चूर्ण बनाएर दूधमा घोली खानुपर्छ । रसायनका रूपमा काम गर्ने र शरीरका कोषहरूमा पोषण र सञ्चार गर्ने हुँदा धातुक्षय, यौनदुर्बलता आदिमा फाइदा गर्छ । यसको चूर्ण ३–६ ग्राम, स्वरस १०–२० मिलिलिटर र क्वाथ ५०–१०० मिलिलिटर प्रयोग गर्न सकिन्छ ।
अश्वगन्धा
यसको वैज्ञानिक नाम ‘बिथानिया सोम्निफेरा’ हो । यो सोलानेसी परिवारको वनस्पति हो । यो यौनवद्र्धक, शक्तिवद्र्धक र शुक्रबद्र्धक रूपमा लोकप्रिय छ । यसको गन्ध घोडाको जस्तो हुने भएकाले संस्कृतमा ‘वजीगन्धा’ पनि भनिन्छ । यसको जरामा ‘बिथानोलाइट्स, सिउडोट्रोपिन र एनाफेरिन’ लगायत विभिन्न सक्रिय रासायनिक तत्त्व पाइन्छ । यो नेपालमा तराईदेखि भित्री मधेस र तल्लो पहाडी भेग हजार मिटरसम्मको उचाइमा जताततै पाइन्छ ।
यो दुईदेखि पाँच फिट अग्लो र हाँगाबिँगा भएको वनस्पति हो । पात दुईदेखि चार इञ्च लामो हुन्छन् । जरा ६ इन्चदेखि एक फिट लामा तथा फुस्रा र सेता हुन्छन् । यसले रसादि सबै धातुलाई पोषण प्रदान गर्छ । यसको उपयोग रसायन, वाजीकरण, बाथव्याधि, अनिद्रा, दुर्बलता, स्नायुहरूलाई पोषित गर्ने चिन्ता र नैराश्यतामा पनि उपयोगी छ । लिंग शिथिलता र यौन दुर्बलतामा यसको धुलो र तेल उपयोगी हुन्छ । तीनदेखि पाँच ग्राम चूर्ण दूधसँग सेवन गर्न सकिन्छ । तेल आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ ।
@osnepal
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2