गाउँ फर्कोदय केन्द्रमा किरियापुत्रि पनि एसईई परिक्षामा सामेल


Loading...



बिनोद ढुंगाना
चैत ४, दुलेगौडा ।
तनहुँको शुक्लागण्डकीमा हजुरआमाको किरियामा बसेका एक किरियापुत्री एसईई परीक्षामा सामेल भएका छन् । गाउँ फर्कोदय मावि साविक शुक्लागण्डकी १३ केन्द्रमा छब्दी माविका छात्र विकास बस्नेत एसईई परिक्षामा सामेल भएका हुन् ।  बस्नेत स्वर्गीय हजुरआमा मैया बस्नेतको  किरिया बसिरहेका छन् । हजुरआमाको गत फागुन २६ गते उपचारको क्रममा मृत्यु भएको थियो । 
आठौ दिनको किरिया बसिरहेको बस्नेतले खाली खुट्टा, कम्बल बोकेर  पहिलो दिन बिहीवार अनिवार्य अंग्रेजीको परिक्षामा सहभागिता जनाए । उनले शुक्रबार नेपाली बिषयको परिक्षा दिएका छन् । केहीबर्ष अगाडी बाबु गुमाएका उनले परिक्षामा राम्रो गर्ने कोसिस गरिरहेको बताए ।
अरुसँग बस्न नहुने हुदाँ बस्नेतका लागि छुट्टै कोठामा परिक्षा दिने व्यवस्था गरिएको केन्द्राध्यक्ष जगदिश गौतमले बताए  । 
यसपटक तनहुँबाट नियमिततर्फ ६ हजार ३ सय ५७ जना परिक्षार्थीले परिक्षा दिदै छन् । फाराम भरेका ६ हजार ५ सय ६१ विद्यार्थीमध्य ६ हजार ३ सय ५७ जना परिक्षाका लागि योग्य भएका हुन् । कक्षामा ७५ प्रतिशत हाजिर भएकाले मात्र परिक्षा दिन पाउने व्यवस्था छ ।  परिक्षाको पहिलो दिन अंग्रेजी बिषयको परिक्षामा  ९९ जना अनुपस्थित रहेका थिए भने दोस्रो दिन शुक्रबार नेपाली बिषयको परिक्षामा ६५ विद्यार्थी अनुपस्थित भएका छन् । परिक्षामा कारागारबाटै एक जना छात्रले परिक्षा दिएका छन् । यसैगरि शारिरिकरुपमा असक्त ४ जना पनि परिक्षामा सामेल भएका छन् ।

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2