बोल्टको उपलब्धि जीवन्त बन्दै


श्रावण ३२, २०७३- जमैकाका उसेन बोल्टले प्रतिद्वन्द्वीलाई पन्छाउँदै ओलम्पिकमा लगातार तीनपल्ट १ सय मिटर एथ्लेटिकमा ऐतिहासिक उपाधि जितेपछि उनले आफूलाई रियो गेम्सपछि ‘जीवन्त’ बन्नेमा विश्वस्त भएको घोषणा गरेका छन् ।
दक्षिण अफ्रिकी वायडे भान निएकर्कले सनसनीपूर्ण रूपमा ४ सय मिटरमा विश्व कीर्तिमान बनाए भने बोल्टले अमेरिकी प्रतिद्वन्द्वी जस्टिन ग्याटलिनलाई उछिन्दै ९.८१ सेकेन्डसहित ओलम्पिक स्वर्णको पुरस्कार जिते ।
एक उपाधि कब्जा गरेपछि खुसियाली मनाएर बोल्टले १ सय, २ सय मिटर र चार गुणा १ सय मिटरमा लगातार तेस्रोपल्ट स्वर्णपदक जित्नेमा ध्यान केन्द्रित गरेका छन् । ‘केहीले भनेका छन् म जीवन्त हुन सक्छु । थप दुई पदक जितेर म बिदाइ हुनेछु । जीवन्त,’ यसलाई अन्तिम ओलम्पिक भएको बताइसकेका बोल्टले भने ।
शक्तिबर्द्धक औषधि प्रयोग गरेकाले दुईपल्ट प्रतिबन्धमा परेका ग्याटलिन लक्षित गरी ‘उडाइएको’ मा बोल्टले आफू स्तब्ध भएको बताए । तर, उनले अफू जितमै केन्द्रित भएको बताए, जसले उनलाई १ सय २० वर्षको ओलम्पिक स्प्रिन्टको इतिहासमा सर्वाधिक सफल बनाएको छ ।
विश्व कीर्तिमान ९.५८ सेकेन्डको समय निकालेको भए पनि बोल्टले आफ्नो प्रदर्शनमा खुसी व्यक्त गरे । सुस्त सुरुआत गरेका उनले ग्याटलिनलाई ७० मिटरपछि उछिनेका थिए । उनले लाइन पार गर्दा जितको संकेतका रूपमा छातीमा औंला राखेका थिए । क्यानडाका आन्द्रे डे ग्रेसले कांस्य हात पारे ।
‘यो उत्कृष्ट रह्यो । म धेरै छिटो गएको थिइनँ तर खुसी छु जितें,’ बोल्टले भने । यसअघि भान निएकर्कले ४३.०३ सेकेन्डसाथ ४ सय मिटरमा अमेरिकी माइकल जोन्सनको १७ वर्ष पुरानो विश्व कीर्तिमान तोडेका थिए । ‘मैले यस्तो केही पनि कहिल्यै देखेको थिइनँ,’ जोन्सनले बीबीसीलाई भने, ‘यो अविश्वसनीय हो ।
त्यो भान निएकर्कले गरेको हत्या हो । यी युवाले साँच्चिकै केही विशेष गरेका छन् ।’
एथलेटिक्समा दिनको पहिलो स्वर्ण केन्याकी जेमिमा सुमगोङले जितेकी थिइन् । उनले महिलातर्फ म्याराथनमा सफलता हात पारेकी थिइन् । कोलम्बियाकी विश्व विजेता क्याटरिन इबारगुएनले १५.१७ मिटर पार गर्दै महिलातर्फ ट्रिपलजम्पको स्वर्णपदक कब्जा गरिन् ।
राज्यकै निर्देशनमा शक्तिबद्र्धक औषधि प्रयोग गरेको पाइएपछि रुसलाई सहभागितामै प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएफ) को निर्णयलाई कोर्ट अफ आर्बिटेसन फर स्पोर्टले अन्तिम समयमा उल्टाइदिएपछि लङजम्पमा डारिया क्लिसिनाले पाएको अवसर पनि एथलेटिक्समा सनसनी बन्यो ।
ओलम्पिकका लागि आईएएफले स्वीकारेको रुसकी एक्लो खेलाडी क्लिसिना हुन् । मिडिया रिपोर्टका अनुसार परीक्षणका लागि लिइएको उनको पिसाबका दुई बोतल कोट्याएको पाइएको छ । उनले सबै किसिमको परिस्थिति स्वीकार्दै रियोमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । महिलातर्फ लङजम्प मंगलबार सुरु हुनेछ ।
तेस्रो स्वर्ण जितेपछि अमेरिकी सिमोनी बाइल्स एकै ओलम्पिकमा कीर्तिमान ५ स्वर्णपदक जित्ने अभियानमा कायमै रहेकी छन् । उनले वुमेन्स भल्टमा स्वर्ण हात पारेकी थिइन् । पुरुषतर्फको फ्लोर एक्सरसाइजमा स्वर्ण जितेपछि म्याक्स हवाइटलक ओलम्पिक जिम्न्यास्टिकमा च्याम्पियन बन्ने पहिलो बेलायती भए ।
विम्बल्डन च्याम्पियन एन्डी मुरेले लगातार दोस्रो ओलम्पिक स्वर्ण पनि जिते । उनले निकै लम्बिएको फाइनलमा अर्जेन्टिनी हुवाँ मार्टिन डेल पोर्टोलाई ७–५, ४–६, ६–२ र ७–५ ले पराजित गरेका थिए ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2