प्रिय जोया,
तिमीलाई संबोधनका धेरै शब्दहरु सोचे तर प्रिय भन्ने शब्द नै मिठो अनि यथार्थ लाग्यो । किनकी तिमि कसैको प्रिय हुँन नसके पनि म जस्तै धेरै नेपालीको प्रिय बनेकी छौ । भलै त्याहाँ करुणा होला , दया होला अनि तिम्रो दुई सन्तानको आँशु होला । सबै कुराको अर्थ प्रेम हो जोया । त्यसैले तिमि प्रिय छौ ।
तिमीलाई संबोधनका धेरै शब्दहरु सोचे तर प्रिय भन्ने शब्द नै मिठो अनि यथार्थ लाग्यो । किनकी तिमि कसैको प्रिय हुँन नसके पनि म जस्तै धेरै नेपालीको प्रिय बनेकी छौ । भलै त्याहाँ करुणा होला , दया होला अनि तिम्रो दुई सन्तानको आँशु होला । सबै कुराको अर्थ प्रेम हो जोया । त्यसैले तिमि प्रिय छौ ।
जोया आज मेरो देशमा तिमीले जे भोग्यौ त्यसको लागी सिंगो नेपाल र नेपालीको तर्फबाट हृदयदेखी नै माफी चाहान्छु । तिमीले नेपाल छोड्दै गर्दा तिम्रा शब्द र तिमीले पाएको दुखले मेरो मात्र होईन तिमीलाई बर्बाद बनाउँने त्यो एक जना नेपाली बाहेक सबैको मन पोलेको छ । मैले तिम्रो अबस्थााबारे थाहा पाए पछि मेरो मनमा यति धेरै प्रश्नहरु जन्मिए, जुन प्रश्नको उत्तर पाउन तिमिीलाई लाखौ कोणबाट अध्ययन गर्दा पनि तिमी दोषी देखिएनौ ।
तिमीले नेपालमा बसेर पाएको दुखहरु मैले शब्दमा पढ्दा मेरो मन यति धेरै पग्लीयो कि आफैलाई थाम्न सकिन । आज मेरो देशमा तिमिले दुख पाउँदा म पनि खाडीको कतारमा काम गर्दैछु । बिश्वमा भैरहेको द्धन्द्धले मेरो मनमा कुनै प्रभाब र अभाबको महत्व राख्दैन जोया । तर आज तिमिले जे भोगेर नेपालबाट आफ्नो घर फर्कदै छौ त्यसले मेरो मनमा यति धेरै प्रभाब र अनेकौ अभाबको खडेरी पारेर गएको छ । सबैभन्दा ठुलो प्रभाब तिम्रो आँखाका आँशु र सबैभन्दा ठुलो अभाब अब नेपालीहरु माथिको बिश्वास ।
तिम्रो आँखाका आँशुहरु चुहिएको देख्दा मेरो मन यति रोएको थियो सायद दुर दुर बाट पनि हामी एउटै पिडामा भए जस्तो महसुस भएको थियो । तिम्रो काखमा भएको दुई नबालकहरुको आँखामा देखिने निश्चलता अनि निर्दोशपनले मलाई पल पल छट्पटाहाटमा पारेको छ । तिम्रो र जिबनको पे्रमबाट जन्मिएका ति दुई नाबालक हरुको के दोष ? आज उनिहरु आफ्नै बाबुबाट लखेटिनु परेको छ । सुनेको छु तिम्रो र जिबनको बिबाहको आधिकारीक कागजात नहुनाले जिबनलाई कार्बाही हुन सकेन अरे । म तिमिीलाई लेखेको यही खुल्ला पत्रबाट अधिकारकर्मीहरुलाई भन्न चाहान्छु । जिबन र ति दुई नाबालक अनि तिम्रो डिएनए परिक्षण होस र कार्बाही अगाडी बढाईयोस ।
कामको शिलशिलामा तिमी जिबन सँग दुबईमा भेटियौ जोया, तर आज नेपाल र नेपालीहरु तिम्रो दुखलाई र तिम्रो आँशुलाई यसरी लिएका छन् कि तिम्रो बिदाई नै अब हामी सबैको लागी गाह्रो परेको छ । तिम्रो यो खबर सुन्ने सबैको आखाँ रसाएको छ । तर खै तिमिीलाई मायाको जालमा पारेर नेपाल सम्म लैजानेको मन किन ढुंगा बन्यो यहि कुराले मनमा गाँठो पार्छ । तिमिले दुबईमा उसलाई धेरै सहयोग गरयौ जोया । हिरासतमा परेको उसलाई त्यहाँबाट मुक्त गरायौ । धेरै ठुलो लागू औषधको दुब्र्यसनबाट पनि उसलाई छुटाउँने ठुलो प्रयास गरयौ । तर तिमिले यसलाई कहिल्यै पनि माया गर्न छाडीनौ । तिमीलाई आज बिरानो देशमा लगेर दुई वटा सन्तान जन्माएपछि गल्लिको कुत्ता जस्तै बनाएर सडकमा फाल्यो ।
आज म तिमिलाई यो खुल्ला पत्र लेखिरहदा तिम्रो उद्धारका लागी शसक्क्त भुमिका खेल्नुहुने आदरणीय अधिकारकर्मी दिदि सरीता केसी, मिना खरेल लाई सम्झिीरहेको छु । उहाँहरुले आज तिम्रो जिन्दगीलाई नयाँ जन्म दिएर नयाँ बाटो देखाईदिनु भएको छ । दिदी केसी र खरेलले आज तिम्रो बिदाई गरीरहदा तिमीले फेरी नेपाल घुम्न आउँने र नेपालीहरु अत्यन्तै आत्मिय र मायालु भएको प्रतिक्रिया दिँदा मेरो मनले तिम्रो मनको चौडाई मापन गर्न सकिरहेको थिएन । पाँच पाँच बर्ष सम्म संसारकै सबैभन्दा बढि माया र बिश्वास गरेको मान्छे पनि नेपाली थियो र तिमिलाई आज तिम्रो देश फर्काउने पनि नेपाली नै हुन । तर पनि तिमिले सबै नेपाली मायालु भएको र तिम्रो जिबन बर्बाद पार्नेलाई जाँदै गर्दा पनि माया गरिरहेको देख्दा मलाई तिमी भित्रको महानता अति नै प्रिय लाग्यो । तिम्रो बिदाईमा सहयोग गर्ने जिल्ला प्रशाशन कार्यालय चितवन , जिल्ला प्रहरी कार्यालय चितवन तथा अन्य संघ संथाहरु प्रति म धेरै कृतज्ञ छु ।
आज तिमिलाई एउटा साथको खाँचो छ । तिमिीलाई माया गर्ने मान्छेको खाँचो छ । तर तिमि स्वतन्त्र पनि छौ । किनकी तिम्रो देशको कानुन मेरो देशको जस्तो छैन । आज तिमिले तिम्रो साथमा लगेका ति दुई सन्तानको बाबु को खोजि हँदैन तिम्रो मुलुकमा । तिमिी बिना बिबाहा आमा बन्न पाउँछौ तिम्रो मुलुकमा । हिजो सम्म जसरी तिमिले यातनापुर्ण जिबन बिताएकी थियौ । नेपालमा त्यसै गरी तिमी तिम्रो देशमा स्वतन्त्र जिवन बिताउन पाउँनेछौ । जोया आज तिम्रो खबर मैले मेरो मनमा मात्र राखिन । म सँगै काम गर्ने तिम्रा देशका धेरै फिलिपिनी साथीहरुलाई पनि तिम्रो बारेमा बताए । तिम्रो बारे छापिएका समाचारहरुलाई अंग्रजीमा उल्था गरेर उनिहरुलाई सुनाए अति तिम्रो र तिम्रो दुई सन्तानका फोटो पनि उनिहरुलाई देखाए । उनिहरु तिम्रो खबर सुनेर एकछिन स्तब्ध पनि भए ।
जोया अन्तमा तिमीलाई मेरा प्रेमपुर्बक केही शब्दहरु भन्न चाहान्छु । मेरो देशमा अर्काकी श्रीमति भगाउने हिम्मत गर्ने पुरुषहरु छन् तर एउटा बलात्कारमा परेकी चेलीको सिउँदो भर्न तयार हँदैनन् । आज तिमिले नेपालमा आएर जुन यातना भोग्यौ त्यो भन्दा धेरै माया गर्ने प्रण गर्छु । तिमीलाई जिन्दगीले खै कहाँ कहाँ पुरयाउँछ तर म भने तिम्रो त तिम्रो जिन्दगीले भोगेका तिता पलहरुलाई तिम्रो याद बनाएर पर्खिरहेको हुनेछु । जाँदै गर्दा तिमिले फेरी नेपाल आउँने बताएकी थियौ । मलाई केही आशा पनि पलाएको छ तिमिलाई भेट्ने र तिम्रो बास्तबिकतालाई नजिकबाट महसुस गर्ने । एकदिन अबस्य नेपाल फर्किनेछौ र तिम्रो फेरीएको जिन्दगीको उज्यालो खुशी बाँडेर ति नाबालकहरुलाई एकपटक आफ्नो अतित देखाउँनेछौ ।
उहि तिम्रो अन्जान अपरिचित शुभचिन्तक
बिजयराज अधिकारी (हाल दोहा कतार)
बिजयराज अधिकारी (हाल दोहा कतार)


Post a Comment