यसअघि लण्डन ओलम्पिक र बेईजिङ ओलम्पिकमा अमेरिकालाई कडा टक्कर दिएको चीनले यसपटक भने सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन ।रियो ओलम्पिकमा हालसम्म १२ स्वर्ण जितेको रुस पदक तालिकाको चौथो स्थानमा उक्लिँदा ११ स्वर्ण जितेको जर्मनी पाँचौ स्थानमा छ ।
छैठौं स्थानको ईटाली र सातौं स्थानको नेदरल्याण्ड्सले ८÷८ वटा स्वर्ण जितेका छन् । फ्रान्स, अष्ट्रेलिया र जापानले ७÷७ वटा स्वर्ण पदक जित्दा दक्षिण कोरिया र हंगेरीले ६÷६ वटा स्वर्ण जितेका छन् ।रियो ओलम्पिकमा अहिलेसम्म ५३ राष्ट्रले स्वर्ण पदक जित्दा ७५ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।


Post a Comment