उपप्रधानमन्त्री महराले आज चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने


भदौ १, काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।स्थानीय समयअनुसार विहान साढे १० बजे चिनियाँ प्रधानमन्त्रीसँग महराको भेट हुनेछ ।

उपप्रधानमन्त्री महराले मंगलबार चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गरेका थिए । महराले विदेशमन्त्री यी मार्फत राष्ट्रपति विद्या भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए । सो अवसरमा दुई नेताबीच आपसी हित, द्विपक्षीय सहयोगका विषमा छलफल भएको थियो ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2