नारायणघाट मुग्लिन सडकखण्डमा बस दुर्घटना : बसमा ३८ यात्रु, १५ घाइतेको उद्दार



भदौ १०,काठमाडौं ।  नारायणघाट मुग्लिन सडकखण्डमा भएको बस दुर्घटनामा १५ जनाको उद्दार गरिएको छ । १० जनाको अवस्था गम्भीर छ ।गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको बस चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले जानकारी दिनुभयो ।उहाँका अनुसार बिहान पौने ५ बजे गस्तीमा निस्किएको बेलामा नदीमा तैरिरहेको बस देखिएको हो । अहिले काम चलिरहेको छ । बसमा ३८ जना यात्रु चढेका प्रहरीको अनुमान छ ।स्रोत : उज्याले अनलाइन

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2