इब्राहिमोभिचको गोलमा म्यानचेष्टर युनाइटेड विजयी


४ भदौ, काठमाडौं । जाल्टन इब्राहिमोभिचको दुई गोलको मदतमा म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्पटनमाथि सहज जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा युनाइटेडले साउथहृयाम्पटनमाथि २-० को जित हात पारेको हो ।
घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा कीर्तिमानी मूल्यमा युनाइटेड फर्किएका पल पोग्बो खेलेका थिए । युनाइटेडका लागि इब्राहिमोभिचले ३६ औं मिनेटमा गोल गरे ।
दोस्रो हाफको ५२ औं मिनेटमा उनले नै पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाएका छन् ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2