भदौ ४, काठमाडौं । बागलुङको पश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दा करिब एक महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।केन्द्रीय प्रसारण लाइने नछोएको लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत उपभोग गर्दै आएका उपभोक्ता असार १० गते आएको बाढीपहिरोले २० वता लघुजलविद्युतमा क्षति पुर्याएपछि अन्धारमा बस्न बाध्य भएका छन् ।
बूतिवाङ क्षेत्रका अधिकारीचौर, ओबाङ, खंगा, बाहोरागाउँ र निसीलगायतका गाविसमा सञ्चालित आयोजनामा इाति पुगेपछि करिब ५ हजार उपभोक्त मट्टितेल बाल्न बाध्य भएका छन् । विद्युत आयोजना मर्मतमा अझै दूई तीन हप्ता लाग्ने भएपछि बुर्तिबाङ बजारमा जेनेरेटरको मात्र खपत बढेको छ ।
स्थानीय बव्यापारीले जेनेरटर खरिद गरी आफ्नो उद्योगधन्दा सञ्चालन गरेका छन् ।विद्युत नभएपछि स्थानीयलाई मोबाइल चार्ज गर्न समेत मुस्किल परेको छ । उनीहरु बुर्तिङ बजार आएर जेनेरेटरबाट मोबाइल चार्ज गर्ने गरेका छन् ।एउटा मोबाइल चार्जबापत पसलेले ५० देखि ६० रुपैयाँ सम्म लिने गरेका छन् । विद्युत आपूर्ति बन्द भएपछि स्थानीयमा रिचार्जभन्दा मोबाइल चार्ज गर्न बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।


Post a Comment