मिती २०७३ साल भदौ १ गते बुधवारः हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल


श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल भाद्र १ गते बुधवार नेपाल सम्बत ११३६ गुँलाथ्व,सन् २०१६ अगस्त १७ तारिक शुक्लपक्ष चतुर्दशी तिथि अपरान्ह ३ वजेर ५मिनेटसम्म, श्रवण नक्षत्र राती १ वजेर २ मिनेटसम्म, सौभाग्य योग राती ११ वजेर ५९ मिनेटसम्म, वणिज करण अपरान्ह ३ वजेर ५ मिनेटसम्म, आनन्दादियोग छत्र,सूर्य सिंह राशीमा,चन्द्रमा मकर राशीमा । 

मेषः– भौतिक सम्पति बढ्नेछ । विरोध गर्ने समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् ।
वृषः– काममा विस्तारै सुधार आउनेछ । टुटेको विश्वास पलाउनेछ । घर परिवारको सहयोग थोरै मिल्नेछ । काम प्रतिको लगाव बढ्नेछ । व्यापार व्यवसाय मन्द नै रहनेछ ।
मिथुनः– समयले साथ दिने देखिन्न । खान पानका कारण स्वास्थ्य कमजोर बन्नेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । भौतिक सम्पति नास हुन सक्छ ।
कर्कटः– लगनशिल भई गरेका काम सफल हुनेछन् । लोभ मोह बढ्नेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला काममा विलम्ब नगर्नु होला । व्यापारबाट लाभ होला ।
सिंहः– बाह्य सम्बन्ध विग्रिन सक्छ काम गर्दा सजग रहनु होला । विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ ।
कन्याः– भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।
तुलाः– भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।
वृश्चिकः– कार्य क्षमता घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । इष्टमित्रबाट धोका हुन सक्छ ।
धनुः–नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।
मकरः– परिवारको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । शारीरिक स्फूर्ति बढ्नेछ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढ्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।
कुम्भः– कमाई भन्द खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । चिन्ता बढ्नेछ ।
मिनः– सामान्यतया आजको दिन पनि अनुकुल नै देखिन्छ । स्वव्यवसायबाट लाभ लिन सकिनेछ । आफन्तजनको सहयोगमिल्ने नै छ । अध्ययन अध्यापन कार्यबाट लाभान्वित हुनुहुनेछ ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2