बिन्ध्यवासिनीका २६ नगर बसलाई रुट परमिट

भदौ १, पोखरा । केही महिनाअघि देखि नगर क्षेत्रमा बससेवा सञ्चालन गर्दै आएको बिन्ध्यवासिनी यातायात बस व्यवसायी समितिले थप २६ वटा बस सञ्चालन गर्न रुट परमिट पाएको छ । पुरानो पोखरा बस व्यवसायी समितिको विरोधका बाबजुद पोखराको नगर क्षेत्रमा तीनवटा नगर बस सञ्चालन गर्दै आएको बिन्ध्यवासिनीले थप २६ वटा बस सञ्चालन गर्ने परमिट पाएपछि अब समितिबाट सञ्चालन गर्ने बसको सङ्ख्या २९ पुगेको समितिका अध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिनुभयो । 

यातायात व्यवस्था कार्यालय गण्डकी, पोखराले समितिलाई बस सेवा सञ्चालन गर्न रुट परमिट दिएको र कार्यालयले बस सञ्चालन गर्ने रुट पनि तोकिदिएको छ । पोखरा उपमहानगरपालिकामा वडाहरु थपिएसँगै समितिले अब सहरी तथा ग्रामीण क्षेत्रमा आफ्ना बस सञ्चालन गरी यात्रुलाई सुविधा दिने बताइएको छ । ३० सिट क्षमता रहेका ती बसमा यात्रुका लागि विभिन्न सुविधा पनि राखिएको छ । 

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2