भदौ ५, पोखरा–पोख्रेली ट्विटे परिवारले महिलाहरुको महान पर्व हरितालीका तिजको अवसरमा दिदी बहिनीहरुलाई पोखराको मिराकल क्याफेमा दर खुवाएको छ । पोखरामा रहेका युवा युवतीहरुको ट्विटे गु्रप पोखरा सर्कलले ट्विटर चलाउने दिदी बहिनीहरुलाई दर खुवाएको कार्यक्रम संयोज रसीक क्षेत्रीले जानकारी दिए ।
ट्विट् चलाउने युवाहरुले दिदी बहिनीलाई दर खुवाउने अभियान चलाएको र संस्कृती संरक्षणसँगै दिदी बहिनीहरु सबै पोखरामा मात्र नभएर टाढा टाढाका पनि यहाँ कर्म थलो बनाउँदै आएका र उनीहरुलाई न्यास्रो नलागोस् भनेर एकै ठाउँमा जम्मा पारेर दर खुवाएको अर्का जडिया बाहुन भनेर ट्विट चलाउने किरण ओझा बताउँछन् । यसरी दर खुवाउने युवा साथीहरुले दिदी बहिनीलाई रमाईलो प्रदान गरेको प्रिया भनेर ट्विट चलाउने सरिता सुवेदीले बताईन् । स्याङजाकी मायाले पनि आफू निकै खसुी भएको बताइन् । पोखरा सर्कलमा ५० जना रहेको र आगामी दिनमा पनि सामाजिक कार्य गर्ने सहभागीहरुले बताएका छन् ।


Post a Comment