बिनोद ढुंगाना
भदौ ५, पोखरा । कहिले पोईला जान पाम त कहिले हत्तेरीका शिवजी रैछौ बदमास भन्दै प्राय: तिजका गीतहरुमा पोई शब्द जोड्ने गायिका कोमल वलीले पोई सिरिजको अनत्य गर्नका लागी भन्दै चर्चित गायक पशुपति शर्मासँगको सहकार्यमा बजारमा ल्याएको गीत “लास्टै चोटी हो ” युट्युवमा सर्वाधिक हेरिएको छ । पशुपति शर्मा र कोमल वलीको स्वरमा रहेको गितको सिर्जना पनि पशुपतिले गरेका हुन् ।
तिज आउन अझै २ हप्ता बाँकी रहे पनि समाचार तयार पार्दासम्म यस गीतलाई १६ लाख ९८ हजार २ सय ७८ पटक हेरिएको छ । यसपालि तिजमा पशुपतिको सिर्जना र स्वरमा रहेका १३ वटा गीतहरु बजारमा आएपनि “लास्टै चोटी हो” अन्य गीतको तुलनामा वढी सफल बनेको छ । बब्बु थापाको निर्देशनमा बनेको भिडियोमा कोमल र पशुपतिले नैै अभिनय गरेका छन् । गीतलाई के सिरीजले बजारमा प्रस्तुत गरेको हो । सर्वाधिक हेरिएको गितको भिडियो:-


Post a Comment