गुम्बाबाट दानपेटिका चोरी

भदौ ९, ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ । ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रहरीका अनुसार बुधबार राति गुम्बाको ढोका फोडेर भित्र रहेको दानपेटिका चोरी भएको हो । रातको मौका छोपेर चोरी भएको बताइएको छ । लामो समयदेखि नखोली राखिएको दानपेटिकामा धेरै रकम जम्मा भएको अनुमान गरिए पनि के कति रकम थियो भन्ने यकिन नभएको बताइएको छ । 

यसअघि पनि विभिन्न समयमा गुम्बाबाट दानपेटिका चोरी भएको थियो । पछिल्लो समयमा यसरी धार्मिक क्षेत्रमा नै प्रवेश गरेर पटकपटक चोरी हुने गरेपनि खोजीकार्य गर्दा चोरी गर्नेको पहिचान भने हुन सकेको छैन ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2