गंगामायाको अनसन तोडियो, बकपत्र गर्न अदालतको आदेश


२९ भदौ, काठमाडौं । सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही माग गर्दै अनशनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।
वीर अस्पतालमा नै आमरण अनशनमा रहेकी गंगामायाले एक महिनादेखि औषधि र स्लाइनसमेत लिएकी थिइनन् । उनले मंगलबार राति अनशन तोडेकी हुन् ।
असोज २ मा चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैं गंगामायाको बयान लिन आउँदैछन् ।बयान दिनका लागि बोल्न सक्ने अवस्थामा हुनुपर्ने भएकाले कानुन व्यवसायीको आग्रहमा उनी अनशन तोड्न राजी भएकी हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


Loading...
जिल्ला अदालत चितवनले श्रेष्तेदार गेहेन्द्रराज पन्तलाई आउँदो असोज २ गते द्वन्द्वकालमा मारिएका कृष्णप्रसाद अधिकारीकी आमा गंगामायासँग बकपत्र गराउन आदेश गरेको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश टेकनारायण कुँवरले मुलुकी ऐन अदालत बन्दोबस्तीको १४२ नम्बर बमोजिम श्रेष्तेदार पन्तलाई अधिकारी उपचाररत अस्पतालमै गएर बकपत्र लेखाई ल्याउन आदेश गरेका हुन् ।
आदेशमा “हाल वीर अस्पतालमा उपचाररत रहेको अनुसन्धानका क्रममा बुझिएको गंगामाया अधिकारीले आफ्नो बकपत्र गराई पाउँ भनी निवेदन दर्ता गराएको र अभियोजन पक्षबाट समेत निजलाई बुझ्न आवश्यक रहेको भनी बहसमा अनुरोध गरिएको परिपेक्ष्यमा निज गंगामाया अधिकारीको बकपत्र गर्ने सक्ने अवस्था भए सम्बन्धित चिकित्सकको परामर्श लिई बकपत्र लेखाई ल्याउनू” भनिएको छ ।
चिकित्सकको सल्लाहअनुसार निज गंगामाया बकपत्र गर्न नसक्ने अवस्था भएमा सम्बन्धित चिकित्सकलाई रोहवरमा राखी सोही व्यहोरा उल्लेख गरी मुचुल्का तयार गरी प्रतिवेदन पेस गर्न आदेश गरिएको छ ।
पुरानो मुद्दा भएकाले असोज ९ गते पेशी समेत तोकिएको छ । मुलुकी ऐन अदालती बन्दोबस्तको १४२ नम्बरमा “नबुझी नहुने मुद्दामा अड्डामा आउन नसक्ने बूढाबूढी र होस भएका अशक्त बिरामीलाई साक्षी बुझ्नु पर्ने भएमा उसैको घरमा गई उसले भने बमोजिमको बकपत्र लेखी ल्याउन हाकिम आफैं गई वा आफूभन्दा मुनिका सबैभन्दा ठूलो दर्जाको कर्मचारीलाई खटाई पठाउनु हुन्छ” भन्ने उल्लेख छ ।
सोही बमोजिम अदालतले आफूलाई बकपत्र लेखी ल्याउन आदेश भए बमोजिम तल्लो कर्मचारीको सहयोगमा असोज २ गते बकपत्र लेखी ल्याउने श्रेष्तेदार पन्तले बताए ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2