सुन्नेर पनि अचम्म लाग्ला : अब आमा बिना नै बच्चा जन्माउन सकिने


एजेन्सी /  अब आमा बिना नै बच्चा जन्माउन सकिने भएको छ । यसबारे खोजी गरिरेका बैज्ञानिकले महिलाको अण्डा वा डिम्बको साटो छालाको कोषबाट बनाइएको अण्डा वा डिम्बबाट पनि बच्चा जन्माउन सकिने बताएका छन् । यो खोजले मानिसको प्रजजन स्वास्थ्य समस्याको उपचार गर्न निकै सजिलो हुने बताइएको छ । साथै लोपोन्मुख पशुपंक्षीको संरक्षणमा सहयोग पुग्ने बैज्ञानिकहरुको तर्क छ। बेलायतको युनिभर्सिटी अफ बाथका वैज्ञानिकले मुसामा यसको परीक्षण गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस


Loading...
वैज्ञानिकले पोथीको डिम्ब वा अण्डा बिना नै शुक्रकिटलाई भ्रुणमा परिणत गरी स्वस्थ मुसा जन्माएका छन् । यसले बच्चा जन्माउनका लागि पोथीको अण्डा वा डिम्ब अनिवार्य नरहेको स्पस्ट पारेको बैज्ञानिहरु बताउँछन् । बच्चा जन्माउन अण्डा वा डिम्बको सट्टा छाला वा अरु अंगका कोष प्रयोग गर्न सकिने उनीहरुको दावी छ । अनुसन्धानकर्ता डा। टोनी पेरीले छाला तथा अरु अंगका विशेष कोषबाट बनाइएको अण्डामा शुक्रकिट राखेपछि भ्रुण बनाउन सकिएको बताएका छन् । उनले यो अनुसन्धान २ सय वर्षदेखि रहेको बताएका छन् ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2