पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध


Loading...

फाइल तस्बिर

असोज २ ,पर्वत  । गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । 

बिहान ३ः३० बजेदेखि अवरुद्ध बनेको सडक खुलाउनका लागि पहल भइरहेको जिल्ला ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन कार्यालय बागलुङमा सम्पर्क गरी डोजर मगाइएको र ९ बजेसम्म सडक सञ्चालन गर्न सकिने छ । 

सडक अवरुद्ध हुँदा धौलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतको कुश्माबाट बिहानी सेवामा छुटेका लामो तथा छोटो दूरीका यातायात अलपत्र परेका छन् भने अन्यत्रबाट धौलागिरितर्फ आएका रात्रि सेवाका सवारी साधन डिमुवामा रोकिएको जिप्रका, पर्वतले जनाएको छ ।

यो पनि पढ्नुस् :के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा?


Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2