'माग्ने बुढा'लाई वास्ता गरेन भन्नेलाई धुर्मुसले दिए यस्तो जवाफ


Loading...
पहिले खाइ नखाइ हामी मिलेर गरेको दु:ख सम्झिन्छु



मेरी बास्सै'को सफलतासँगै सिताराम कट्टेल र केदार घिमिरे नेपालीका घरघरमा चिनिने नाम भए। दर्शकहरूले उनीहरूलाई 'मेरी बास्सै'मा उनीहरूले निर्वाह गरेको 'धुर्मुस' (सिताराम) र 'माग्ने बुढा' (केदार) घिमिरेको नामले प्रसिद्धि हासिल गरे।
उनीहरू नेपालीहरूलाई भरपुर मनोरञ्जन दिने हास्य जोडीको रूपमा स्वीकृत भए, दर्शकमाझ। कालान्तरमा 'मेरी बास्से'को चुलिदो चर्चासँगै उनीहरूका बिच यसअघिका थुप्रै हास्यजोडीको जस्तै फाटो उत्पन्न भयो।
केही समयदेखी माग्ने बुढा अल्सर लगायतका स्वास्थ्य समस्याका कारण बिरामी परे। यसैबिच माग्नेको स्वास्थ्यलाई लिएर अनेकन हल्ला चले। केही हल्ला माग्ने बुढाको उपचारमा सरकारले नहेरेको थियो भने केही हल्ला धुर्मुसले नहेरेको र वास्ता नराखेको भन्ने थियो।
सो आरोपमाथी धुर्मुसले फेसबुकमा माग्ने बुढा र उनको संघर्षकालिन समयमा खिचेको फोटो पोस्ट गर्दै दिएका छन्। उनले लेखेको स्टाटस यस्तो छ।
'हेर्दै जाँदा धेरै अघिको फोटो भेटियो। गिरान्चौर एकिकृत बस्ती निर्माण रहिरहँदा पनि करिब एक महिना अघि केदार घिमिरे (माग्ने बुढा) कै घरमा भेट्न पुगेका थियौँ। कुराकानी गरियोस्वास्थ्य समस्या ठिक हुँदैछ भन्नुभयो। हाम्रो मिलनबाट नै धुर्मुस र माग्ने बुढा जन्मिएको हो। निकट सम्बन्ध रहेका कारण उहाँको पिडा र समस्याले मलाई पनि सताउँछ। त्यसैले,फोन गरेर अहिले पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु। मलाई पनि पेटको समस्या छत्यसैले पहिले खाइ नखाइ हामी मिलेर गरेको दु:ख सम्झिन्छु।'
यस्तो स्टाटस लेख्दै धुर्मुसले आफूले संघर्षकालिन मित्रलाई नबिर्सेको र मित्रको जीवनको सुखदु:खमा साथै रहेको सन्देश दिने खोजेका छन्। सेतोपाटीबाट

भिडियो हेर्न तल क्लिब गर्नुहोस्

Loading...

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2