आश्विन ३, २०७३- एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदका लागि जे सुकै गर्ने र बेच्ने ब्यक्ति भएको आरोप लगाएका छन् । हालैको भारत भ्रमणको प्रसंग उल्लेख गर्दै उनले भने, 'प्रचण्ड माइती घर की के फिल्म छ नी म बेचिदिन्छु, बेचिदिन्छु.... भन्ने गीत त्यस्तै हो ।'
संविधान दिवसका अवसरमा युवा सङ्घ नेपाल २ नं क्षेत्रीय कमिटी भक्तपुरले सोमबार आयोजना गरेको शुभकामना एवम् कार्यकर्ता भेलामा उनले प्रधानमन्त्री दाहाललाई आफुहरुले राम्रो काम गर्ने सक्ने अवस्थामा छैन, नराम्रो नगर्नु भन्दा पनि भारतको पछि लाग्छौँ भनेर गलत गरेको उल्लेख गरे ।
Loading...
उनले जनताका लागि नभई छिमेकी मुलुकलाई खुसी पार्न संविधान संशोधन गर्ने कार्य कदापि नहुने जिकिर गर्दै संविधान कार्यान्वयन गर्ने अघिल्लो सरकारको कार्यतालिकालाई वेवास्ता गरेको समेत आरोप लगाए ।
ओलीले भने, “९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो, छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन ।”
ओलीले भने, “९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो, छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन ।”
Loading...

Post a Comment