पुनमले ल्याइन मोबाइल एडल्ट फिल्म


भाद्र, २०७३- बलिउडकी ‘बोल्ड’ मोडल तथा अभिनेत्री पुनम पाण्डेले भारतकै पहिलो मोबाइल एडल्ट फिल्म ‘विकेन्ड’ ल्याएकी छन् । 

‘सेक्स स्क्यान्डल’का लागि अनेक हर्कत गर्न पछि नपर्ने बलिउड सुन्दरी पुनमले ‘सेन्सरले कुनै कैंची चलाउन नपाओस् र दर्शकले खिचिएको फिल्म पुरै हेर्न पाउन’ भनेर यो एडल्ट फिल्मलाई मोबाइलमै उपलब्ध गराउन लागिएको तर्क गरेकी छन् । सेम्टेम्बर २४ मा रिलिज गर्ने भनिएको २२ मिनेट अवधिको यो फिल्मको ट्रेलर लिक भएर रातारात हिट हुन पुगेको छ । 

केही भारतीय संचारमाध्यमले फिल्म चर्चामा ल्याउनका लागि ट्रेलर लिकको स्क्यान्डल गरिएको हुन सक्ने टिप्पणी समेत गरेका छन् । यद्यपि पुनमको नाम जोडिएको र फिल्मलाई एडल्ट समेत भनिएकाले ट्रेलर एकाएक भाइरल बनेको छ ।

सुरेश नाकुमद्वारा निर्मित फिल्म ‘विकेन्ड’ पुनम पाण्डेको वेवसाइटमा गएर पनि हेर्न सकिनेछ । संचारमाध्यमसँगको प्रतिक्रियामा पुनमले भनेकी छन्, ‘यो कुनै पोर्न फिल्म होइन, यो एउटा फिचर फिल्म नै हो, तर हरर शैलीको छ ।’ 

फिल्मलाई मोबाईल–प्लेटफर्मबाट रिलिज गर्नुको जिज्ञासामा उनको जवाफ छ, ‘दर्शकले फिल्मलाई विना काटछाट देख्न पाउन भन्ने नै हो ।’ सेन्सरबोर्डप्रति व्यंग गर्दै उनले भनिन्, ‘सेन्सरबोर्ड प्रति त सबै डराएका छन् नि, हाम्रो फिल्म उद्योग नै परपर भागिरहेको छ । तर यो फिल्ममा सेन्सरबोर्डको पहुँच छैन् ।’ 

वास्तवमै पुनम पाण्डेको ‘विकेन्ड’ बलिउडको त्यो पहिलो एडल्ट फिल्म हो, जसलाई सेन्सर गरिएको छैन् । ‘विकेन्ड’ दिल्लीको एक युवक र युवती जोडीको कथा हो, जो विन्दास शैलीको  जीवन बिताउँछन् । 

संचारकर्मीहरुले ‘सेक्सी टयाग’को बारेमा प्रश्न उठाउँदा पुनम झनै खुसी बनिन् । उनले भनिन्, ‘हो म यस्तै छु । र, ५० बर्षकी हुँदा पनि सेक्सी भनिन नै रुचाउँछु ।’ 

‘यो फिल्मबाट मैले निकै अपेक्षा गरेकी छु, निकै आशावादी छु’, पुनमले ‘विकेन्ड’बारे आफनो धारणा राखिन्, ‘यसमा अभिनय, सेक्स, सस्पेन्स, थ्रिलर, ड्रामा सबैखाले मसला पाइनेछ ।’ 

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2