हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा गैर आवासिय नेपाली संघ ९एनआरएनए० र अन्तराष्ट्रिय नेपाली कलाकार समाज ९ईनास० रासअल खैमा क्षेत्रीय समितीले आयोजना गरेको ‘नेपाली तीज महोत्सव तथा सम्मान समारोह २०७३’ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
झन्डै १ हजार भन्दा बढि दर्शकहरूको भिडले खचाखच भरिएको हलमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु चर्चित गायक नबिन पौडेल, चर्चित गायिका तथा मोडेल ज्योति मगर, गायिका गंगा धर्ती मगर सँगै गोपी कृष्ण पङ्गेनी र युएईमा कार्यरत प्रशान्त पौडेल, सुर्य बहादुर बोहोरा, अर्जुन हान्छुवा, क्षितिज चिन्तन, दीपक गुरुङ, भावना ढकाल लगायत दर्जनौ कलाकारहरुले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।
बैदेशिक रोजगारिमा गएका युएइ बासी दाजुभाइ दिदी बहिनीलार्इ लोकप्रिय गायक नवीन पौडेलले छमछमी नचाए। नेपाली नारिहरुको महान पर्व हरितालिका तीज को अबसर मा आयोजित तिज महोत्सब एबं सम्मान कार्यक्रम मा उपस्थित रस अल खैमह को मिनिस्ट्री अफ कल्चर हल मा खचाखच दर्सक हरुलाइ पौडेल ले सबैलाइ नचाए। नवीन पौडेलले यती धेरै साथ पाए कि कुर्सी बाट सबैजना दर्सक हरु एकैसाथ उठेर ताली र हुटिङ ले साथ दिदै गायक पौडेल सङ्गै छमछमी नाचेका थिए ।
इनास र एनआरएन द्वारा आयोजित सो तीज महोत्सब मा उनले हरेक जातजाती छौ नानाथरी, आजै भेट भाको युएइ आको म परें पाल्पाको, दुखका दिन गए, जान्न मत त्यो घर, नया पार्टी खोल्छु, ए हजुर सुन्नुभाछर, यस्तै हुन्छ भन्नेभा, छैन कतै पल्किनी मन चाहिँ यतै ढल्किनि लगाएत का करीब एक दर्जन गीत गाएर मनोरन्जन दिएका थिए ।
सेप्टेम्बर दुई तारिख का दिन युएइ मै एउटा एतिहासिक कार्यक्रम भएको कार्यक्रम का आयोजक इनासका महासचिब राम तामाङ, एनआरएन रस अल खैमह च्याप्टर का अध्यक्ष राजेन्द्र रोश्यारा, इन्द्रराज पौडेल, रेशम लामा लगाएत ले बताउनु भयो ।


Post a Comment