विद्यार्थी गयल हुदा यातना

Above article
Loading...
Middle post
Loading...
तनहुँको शुक्लागण्डकीमा सञ्चालित ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयका प्राचार्य प्रा. डा. चन्द्र बहादुर थापाले एक विद्यार्थीलाई विद्यालयमा गयल भएको आरोपमा शारिरिक तथा मानसिक यातना दिएका छन् । 

       कक्षा ९ मा अध्ययनरत  वर्ष १४ का मुस्लिम समुदायका मोहोम्मद हुसेन अलि लाई  थापाले कुटपिट गर्दै झोला बोकाएर चर्काे घाममा ३ सय पटक उठबस गराउँदा मियाको ढाड र खुट्टामा समस्या देखिएको पारिवारिक स्रोत बताएको छ   । मियाँ घरमा आफ्नै हजुरआमा को निधन भएका कारण ३ दिन सम्म विद्यालयमा अनुपस्थित रहेका थिए । हजुर आमाको निधन भएका कारण विद्यालय आउन नसकेको बताउदाँ मृतक सँगै किन नगएको भन्दै थापाले दुरब्यवहार समेत गरेको पिडित अलिले बताए । त्यस्तै कक्षामा प्रबेश गर्नको लागी पटक पटक  अनुरोध गर्दा कक्षा शिक्षक नेत्र अधिकारीले नचिनेको  भन्दै कक्षामा प्रबेश गर्न रोकेका थिए । 
    यता मियाकी आमा रोजिना खातुनले आफ्नो बच्चालाई चरम यातना दिएकै कारण राम्रो संग हिड्न समस्या भएको बताईन् । आफू स्वयंले विदाको लागी विद्यालयमा जानकारी गराएको खातुनले स्पष्ट पारिन् । पारिवारिक समस्याले गयल भएकै कारण चरम यातना दिएको दुखेसो पोख्दै दोषि माथि आवश्यक कारबाही हुनु पर्ने माग गरेकी छिन् । 
       साथै प्राचार्य थापाले मुस्लिम समुदायको भावनालाई कदर नगरेको  समेत  उनले आरोप लगाइन् । 
यता प्राचार्य थापाले भने विदाको लागी गरेको जानकारी आफुलाई थाहा नभएको भन्दै सामान्य सजायँ गराएको बताए । थापालाई विद्यार्थीको समस्याको बारेमा हामीले जानकारी गराउदा आफुलाई थाहा नभएको प्रतिक्रिया दिए । आफ्नो  गलत नियतले विद्यार्थीलाई सजाय नदिएको उनले जिकिर गरे  ।

Under article
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2