Loading...
Loading...
काठमाडौं—पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसभित्र मुख्यगरी दुई गुट छन् । लामो समयदेखि नै अस्तित्वमा रहेका यी दुई गुटभित्र विचार, सिद्धान्त र संगठनभन्दा पनि अहिले ‘लाभ र शक्ति’ प्राप्ति लागि स्वार्थपूर्ण उपगुटहरु थपिने क्रम जारी छ ।
शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला तीन गुटमा विभक्त भएर १३ औं महाधिवेशनमा प्यानलै चुनाव लडेका कांग्रेसीहरु अहिले मुख्यतयाः दुई गुटमा विभक्त देखिन्छन् । महाधिवेशनमा सभापतिको निर्वाचनको दोस्रो चरणमा गएपछि सिटौलाले अभ्यास गर्न खोजेको स्वतन्त्र तेस्रो गुट देउवा गुटमा विलयजस्तै भएको छ । भलै, उनीहरूले आफ्नो फरक अस्तित्वको सन्देश निरन्तर प्रवाहित गर्न खोजिरहेका छन् ।
नेपाल विद्यार्थी संघ र महिला संघको महाधिवेशनमा भएको अभ्यासलाई आधार मान्ने हो भने सिटौला समूह देउवा समूहभित्रकै उपगुटका रुपमा देखिन पुगेको छ । भलै, मन्त्रीदेखि जनवर्गीय संगठनमा आफ्ना छुट्टै भाग खोजेको किन नहोस् । सरकारमा सहभागी हुने क्रममा सिटौला क्याम्पबाट गगन थापा मन्त्री बनाइए भने नेपाल विद्यार्थी संघ र महिला संघमा पनि सिटौला गुटले छुट्टै भाग खोजेको थियो ।
देउवा क्याम्पभित्रै अर्को उपगुटका नेता हुन्—खुमबहादुर खड्का । खड्काले पनि पार्टीदेखि सरकारसम्म आफ्नो भाग खोज्दैं आएका छन् । खड्काले आफ्नो क्याम्पले मनोनित उपसभाति पाउनुपर्ने दाबी त गरेका छन नै, सरकारमा पनि आफ्नो तर्फबाट शंकर भण्डारीलाई मन्त्री बनाउन सफल भएका छन् ।
देउवाको तुलनामा नेता रामचन्द्र पौडेल क्याम्पमा उपगुटहरुको संख्या बढी छ । ब्यक्तिपिच्छे केही प्रभावशाली नेताहरुले उपगुट चलाएका छन् । रमाइलो त के भने त्यही क्याम्पबाट महामन्त्रीमा निर्वाचित भएका सशांक कोइरालाको पनि छुट्टै उपगुट छ ।
नेपाली कांग्रेसको राजनीतिमा कोइराला क्याम्पभित्र रहेका तीन जना प्रभावशाली व्यक्तिहरु डा. सशांक, डा. शेखर र सुजाता कोइराला बीचमा नै मिल्ती छैन । उनीहरुले ब्यक्तिपिच्छे फरक उपगुटहरु सिर्जना गरिरहेका छन् । कोइराला परिवारका यी तीन नयाँ हस्तीहरु अन्तिम समयमा भने एकअर्काविरुद्ध उभिदैंनन् । त्यसो भए किन तीन—तीन वटा गुटमा विभक्त छन् त कोइरालाहरु ? पौडेल निकट एक नेता भन्छन्, ‘पार्टीभित्र आफ्नो छुट्टै प्रभाव चाहने तीनै जनाको लालसाले गर्दा यस्तो अवस्था आएको हो ।’
देउवा गुट
गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला नेपाली कांग्रेसको सभापति रहँदा सदैव प्रतिपक्षी भूमिकामा रहेको थियो—देउवा गुट । जब कोइराला परिवारको पहिलो पुस्ता नेपाली कांग्रेसको नेतृत्वदायी राजनीतिक रिङबाट बाहिरियो तब देउवाका लागि कांग्रेस राजनीतिमा संस्थापन बन्ने ढोका खुल्यो ।
गत फागुनमा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि देउवा क्याम्प नेपाली कांग्रेसको संस्थापन बन्न पुग्यो । यो क्याम्पमा पूर्णबहादुर खडका, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, डा. प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, गोपालमान श्रेष्ठ, कुलबहादुर गुरुङ, डा. डिला संग्रौला, फरमुल्लाह मन्सुर, अर्जुननरसिंह केसी, खुमबहादुर खड्कालगायतका प्रभावशाली नेताहरु छन् ।
कांग्रेसको संस्थापन क्याम्प मानिने देउवा क्याम्पभित्र दुई उपगुट अस्तित्वमा छन्ः
कांग्रेसको संस्थापन क्याम्प मानिने देउवा क्याम्पभित्र दुई उपगुट अस्तित्वमा छन्ः
१) कृष्णप्रसाद सिटौला
गिरिजाप्रसाद कोइराला कांग्रेसको राजनीतिमा रहँदा कृष्णप्रसाद सिटौला उनका विश्वापात्र दिए । शान्ति प्रक्रिया सुरु भएपछि त्यसैले उनले गृहमन्त्री पाएका थिए । गिरिजाप्रसादको निधनपछि सुशील कोइराला सभापति हुँदा उनको भूमिका केही माइनस भयो ।
तरपनि सिटौला शक्तिमै रहे । उनले सुशील कोइरालालाई सभापति जिताउन पनि भूमिका खेलेका थिए । सुशील कोइरालाको निधनपछि त्यो क्याम्पमा रामचन्द्र पौडेल उदाएपछि उनको ब्यक्तित्व टकराव सुरु भयो । त्यही भएर सिटौलाले १३ औं महाधिवेशनमा छुट्टै गुटको निर्माण गरेर महाधिवेशनमा होमिए । सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुँदा देउवा क्याम्पमा पुगे ।
यो उपगुटमा गगनकुमार थापा, भिमसेनदास प्रधान, सुधीर शिवाकोटी, प्रदीप पौडेल, शिव हुमागाइलगायतका नेताहरु सिटौला उपगुटमा छन् । थापाले सिटौलाकै आर्शिवादमा मन्त्री पद पडकाएको केही कांग्रेसीहरुको मत छ । मन्त्री भएलगतै गगन सिटाैलाको शुभकामना लिन पुग्नुले पनि यही कुराको पुष्टी गर्छ ।
२) खुमबहादुर खड्का
दाङ स्थायी घर भएका खुमबहादुर सभापतिमा शेरबहादुर देउवालाई सघाउन पुगे । देउवा समूहमै रहेका भएपछि उनको त्यसभित्र आफ्नै स्वतन्त्र उपगुट पनि छ । कांग्रेसभित्र एक समय यो गुटलाई कतिपयले निर्णायक मान्ने गरेका थिए । यसमा नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर वकालत गर्ने कांग्रेस नेताहरु छन् ।
शंकर भण्डारी, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, अजय चौरासियालगायतका नेताहरु यस उपगुटमा क्रियाशील छन् । भण्डारीले खुमबहादुरकै आर्शिवादमा यही उपगुटबाट मन्त्री बन्ने सौभाग्य पाएका हुन् ।
पौडेल गुट
गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले नेतृत्व गरेको संस्थापन गुट अहिले कांग्रेसभित्रको विपक्षी गुट बन्न पुगेको छ । यही गुटको लिगेसीमा १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल देउवासँग चुनाव लडे ।
तर, आफ्नै गुटमा रहेका पूर्ववती सहकर्मी कृष्णप्रसाद सिटौला, केबी गुरुङ र अर्जुननरसिंह केसीजस्ता प्रभावशाली नेता देउवा क्याम्पमा पुगेपछि बलियो बनेका देउवासँग पौडेल पराजित बने । सभापतिमा पराजित बनेपछि विपी कोइराला पुत्र सशांक यही क्याम्पबाट महामन्त्रीमा विजयी बने भने कोषाध्यक्षमा सीतादेवी यादवलाई पनि विजयश्री प्राप्त भयो ।
यो क्याम्पमा डा. रामशरण महत, डा. नारायण खडका, डा. मीनेन्द्र रिजाल, धनराज गुरुङ, दिलेन्द्र बडुलगायतका नेताहरु छन् ।
कांग्रेसमा प्रभावशाली लिगेसी भएका विपी, गणेशमान सिंह र गिरिजाप्रसादका सन्तानहरुले यही प्यानलबाट राजनीति गर्दै आएका छन् । तर, पौडेलका लागि उनीहरुको लिगेसी बरदान बन्नुभन्दा पनि अभिशाप सावित हुदैं आएको छ । किनभने, विपी पुत्र सशांक, गणेशमान पुत्र प्रकाशमान, केशवपुत्र शेखर र गिरिजापुत्री सुजाताका छुट्टाछुट्टै उपगुटहरु छन् ।
१) प्रकाशमान सिंह
जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा कांग्रेसका प्रभावशाली नेता स्व. गणेशमान सिंहका पुत्र हुन् प्रकाशमान सिंह । कुनै समय देउवा क्याम्पबाट राजनीतिक गर्दै आएका उनी अहिले रामचन्द्र क्याम्पका प्रभावशाली नेता हुन् ।
त्यही क्याम्पभित्र उनले छुट्टै उपगुटलाई पनि आफ्नो अभिभावकत्व प्रदान गर्दै आएका छ् । नवीन्द्रराज जोशी, राजन केसीलगायतका नेताहरु प्रकाशमान उपगुटको छत्रछायाँमा छन् ।
त्यही क्याम्पभित्र उनले छुट्टै उपगुटलाई पनि आफ्नो अभिभावकत्व प्रदान गर्दै आएका छ् । नवीन्द्रराज जोशी, राजन केसीलगायतका नेताहरु प्रकाशमान उपगुटको छत्रछायाँमा छन् ।
२) सशांक कोइराला
विपीपुत्र तथा निर्वाचित महामन्त्री सशांक कोइराला रामचन्द्र पौडेल गुटका प्रभावशाली नेता त हुँदैं हुन् । यही क्याम्पबाट उनले महामन्त्रीमा चुनाव पनि जिते ।
तर, उनले आफ्नै छुट्टै उपगुट समेत बनाएका छन् । दीपक गिरी, बद्री पाण्डे, जीवन परियारलगायतका ब्यक्तिहरु सशांकको भित्रियाका रुपमा काम गरिरहेका छन् ।
तर, उनले आफ्नै छुट्टै उपगुट समेत बनाएका छन् । दीपक गिरी, बद्री पाण्डे, जीवन परियारलगायतका ब्यक्तिहरु सशांकको भित्रियाका रुपमा काम गरिरहेका छन् ।
३) शेखर कोइराला
शेखर कोइराला आफै उपगुट सञ्चालन नगरे पनि उनी पौडेल क्याम्पमा बागी भूमिका छन् । आफूलाई कसैले टेरेनन् भन्ने लागेपछि उनले नेविसंघको चुनावमा आफ्नो छुट्टै उम्मेदवार खडा गरे ।
जसका कारण परराष्ट्र मन्त्रालयमा चलिरिहेको उनको बार्गेनिङ पावर कमजोर बन्यो । कारण, रामचन्द्र पौडेल नेविसंघको चुनावमा आफ्ना उम्मेदवारलाई असहयोग गरेपछि शेखरका नाममा बार्गेनिङ गरिदिन तयार भएनन् ।
जसका कारण परराष्ट्र मन्त्रालयमा चलिरिहेको उनको बार्गेनिङ पावर कमजोर बन्यो । कारण, रामचन्द्र पौडेल नेविसंघको चुनावमा आफ्ना उम्मेदवारलाई असहयोग गरेपछि शेखरका नाममा बार्गेनिङ गरिदिन तयार भएनन् ।
४) सुजाता कोइराला
रामचन्द्र क्याम्पभित्र गिरिजापुत्री सुजाता कोइरालाको पनि आफ्नै छुट्टै उपगुट छन् । उनको उपगुटका केही केन्द्रीय सदस्यहरु भएपनि प्रभावशाली नेता होइनन् ।
त्यही उपगुटको प्रभावमा उनले हृद्धयराम थानीलाई मन्त्री बनाउन सफल भएकी हुन् ।
त्यही उपगुटको प्रभावमा उनले हृद्धयराम थानीलाई मन्त्री बनाउन सफल भएकी हुन् ।
Under article
Loading...


Post a Comment