सप्तकोशीमा डुङगा पल्टियो


Loading...


आश्विन १, २०७३ सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर बजारतर्फ आउदै गरेको डुङ्गा सप्तकोशी नदिमा पल्टिएको छ । डुंगामा सवार मध्ये हालसम्म २५ जनाको उद्धार गरिएको सुनसरीका प्रहरी प्रमुख पोषराज पोख्रेलले बताउनुभयो । डुङ्गामा कति यात्रु सवार थिए भन्ने यकिन छैन् । आज प्रकाशपुरमा हाट बजार लाग्ने भएकोले डुंगामा क्षमता भन्दाबढी यात्रु चढेको स्थानीयले बताएका छन् । दिउँसो करिब साढे १२ बजे तिर नदिमा पल्टिएको डुङ्गामा सवार अन्यको खोजीकालागि १० वटा डुङ्गा परिचालन गरिएको छ । नदिमा हराईरहेकाहरु बगेर कोसी ब्यारेज आउन सक्ने भएकाले ५० जना प्रहरी कोसी ब्यारेज वरपर खटाईएको प्रहरी प्रमुख पोख्रेलले बताउनुभयो । श्रीलंका टापुबाट क्षमता भन्दा बढी यात्रु बोकेर आएको डुंगा राजावासा आइपुगेपछि भंगालोमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । बेपत्ताहरुको खोजी कार्य जारी छ ।

यो न्युज पनि पढ्नुहोस्: बेपत्ताको खोजी गर्न कोशी व्यारेजमा दश डुंगामा ५० प्रहरी परिचालन

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2