बेपत्ताको खोजी गर्न कोशी व्यारेजमा दश डुंगामा ५० प्रहरी परिचालन


Loading...


आश्विन १, २०७३- सुनसरीमा डुंगा पल्टिएपछि हराईरहेकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले कोशी ब्यारेजमा प्रहरी परिचालन गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालको नेतृत्वमा ५० जना प्रहरी टोली डुंगा दुर्घटनामा बेपत्ताको खोजीका लागि कोसी ब्यारेज पुगेको छ । एसपी ढकालका अनुसार ब्यारेजमा अहिले प्रहरीले स्थानीयका १० वटा डुंगा समेत खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।
डुंगा पल्टिएपछि हराइरहेकाहरु बाढीसँगै कोशी ब्यारेज आउन सक्ने भएकाले ब्यारेजमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको ढकालले जनाए । यस्तै, सुनसरी प्रहरी पनि कोशी ब्यारेजमा परिचालित भएको छ । कोशीको पानी नियन्त्रण गर्न बनाइएको कोसी ब्यारेज सप्तरी र सुनसरीको सीमामा पर्छ


यो न्युज पनि पढ्नुहोस्: सप्तकोशीमा डुङगा पल्टियो



Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2