राङ्गरुङ्ग भलिबल कप २०७३ सुरु

Loading...
तनहुँ- महिलाहरुको महान् पर्ब हरितालिका तिजको अबसरमा राङ्गरुङ्ग युवा समुहले आयोजना गरेको “राङ्गरुङ्ग भलिबल कप २०७३ तथा तथा विबिध साँस्कृतिक कार्यक्रम” अन्तर्गत राङ्गरुङ्ग भलिबल कप २०७३ बिहिबारबाट सुरु भएको छ ।

Loading...

 “राङ्गरुङ्ग भलिबल कप २०७३” को नेकपा एमाले भिमाद गाविसका अध्यक्ष धुर्वराज खनालले उद्घाटन गरेका हुन् । भलिबलको कपको प्रथम पुरस्कार प्रायोजक समेत रहेका खनालले भलिबल कपको उद्घाटन गर्दै युवाहरुको सक्रियता राङ्गरुङ्गमा  पुन इतिहास फर्कनेमा आफु विस्वस्त रहेको बताए । राङ्गरुङ्गका स्थानिय समेत रहेका खनालले आफ्नो बाल्यकालमा सोही स्थानमा लाग्ने मेला भब्य र बृहत हुने भन्दै पछिल्लो वर्षका तिज मेला बृहत नभएकोमा गुनासो गरे । उनले अब पुन तिज विशेषका कार्यक्रम बृहत बनाउनका लागी राङ्गरुङ्गका युवाहरु जागरुक बनेको भन्दै अव पुन विगतका इतिहासमा जस्तै बृहत कार्यक्रम हुने दाबी गरे । खनालले मौलिकता र खेलकुदको विकास लागी राङ्गरुङ्गलाई केन्द्रको रुपमा विकास गर्न आफु सँधै प्रतिबद्ध रहेको भन्दै आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कमि हुन नदिने बताए ।
अनौपचारिक रुपमा बुधबारबाट नै सुरु भएको भलिबल कपमा टिम दर्ता, खेलमैदान निर्माण लगायत प्रचारप्रसार र अतिथि आमन्त्रण पश्चात विहिबार मात्र उद्घाटन गरिएको राङ्गरुङ्ग युवा समुहका सल्लाकार उज्वल खनालले बताए ।
आयोजकका अनुुसार शुक्रबार(आज)बाट खेलहरुको सञ्चालन हुनेछन् । करिब १५ टिम दर्ता भैसकेको छ भने शुक्रबार पनि टिम दर्ता हुने भएकाले प्रतियोगितामा करीब २० टिमको सहभागिता हुने लक्ष्य राखिएको छ ।
प्रतियोगितमा प्रथम हुनेले  नगद ३३ हजार ३ सय ३३, द्धितीय हुनले २२ हजार २ सय २२ को साथमा सिल्ड, मेडल र प्रमाण पत्रका प्राप्त गर्ने छन् त्यस्तै प्रतियोगिमा सात्वना हुने २ टिमले नगद ६ हजार ६ सय ६६ को साथमा प्रमाण पत्र पाउने छन् । भने उत्कृष्ट डिफेन्डर, सुटर र लिफ्टरलाई पनि आकर्षक उपहारको ब्यवस्था रहेको छ ।

तिजलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रम विगतका वर्षहरुमा भन्दा अझ बृहत हुने भएको छ । बृहत कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिताको साथमा तिज गित प्रतियोगिता, लाखे नाँच, पञ्चेबाजा, बाल खेलकुद र छात्रबृत्तिको कार्यक्रमहरु समेत रहेको बताइएको छ । तिजको दिन यहि १९ गते बृहत कार्यक्रमको उद्घाटनका लागी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश न ४ का संयोजक किरण गुरुङ्ग आउने भएका छन् भने २१ गते कार्यक्रम समापन हुने भएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2