इनारमा हामफाल्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

Loading...

भदौ  ३१, लहान, । दूधे बालकसहित इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । धनगढीमाई नगरपालिका– १२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नो एक वर्षीय छोरी दिलिसालाई बोकेर घर अगाडि रहेको इनारमा हिजो साँझ हामफल्दा छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।

आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । हिराका श्रीमान् धु्रव खनाल वैदेशिक रोजगारीको क्रममा दुबईमा छन् । मृतक बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । इनारमा बच्चासहित हामफाल्नुको स्पष्ट कारण भने खुल्न सकेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।

यो पनि पढ्नुस्: चट्याङ लागेर म्याग्दीमा एकको मृत्यु, पाँच घाइते

Loading...
Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2