Loading...
भदौ ३१, काठमाण्डु । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार भारतीय राष्ट्रपति भवनमा गार्ड अफ रनर दिइएको छ । गार्ड अफ रनर ग्रहण गर्न पुगेका प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
के भयो स्वागत गर्दा
प्रचण्डलाई स्वागत गर्न हात अघि बढाउँदै भारतीय प्रधानमन्त्री मोदी उनी नजिकै आए । प्रचण्ड र मोदीले हात मिलाएपछि प्रचण्डसँगै रहेकी सीतालाई मोदीले नमस्कार गरे । नमस्कार फर्काएपछि प्रचण्डको दाँयापट्टी रहेकी सीता भने अब के गर्ने भन्ने अलमलमा परिन् ।
कारण यस्तो
खासमा दुबै देशका विशिष्ठ व्यक्तिको भेट हुँदा तस्बिर लिने परम्परा विश्वव्यापी छ । मोदीले दुबै जनालाई स्वागत गर्दा प्रचण्डको दाँया पट्टी सीता रहेकाले तस्बिरमा प्रचण्ड छेकिने सम्भावना थियो । जसको महसुस गरेकी सीता सोही कारण एक्कासी आत्तिएकी थिइन् । दुई प्रधानमन्त्री बीचको तस्बिर लिँदा आफू त्यहाँ रहने कि नरहने वा के गर्ने भन्ने द्धिविधा उनमा रहेको हुन सक्छ ।
मोदीले पारे सहज
सीता आत्तिएको देखेपछि मोदीले उनलाई सहज पार्दै हातको संकेतले आफूतिर आउन आग्रह गरेका थिए । मोदीको संकेत पाएपछि सीता उनीतिर गइन र क्यामेराको एंगलमा प्रचण्ड छेकिएनन् । त्यसपछि दुई देशका प्रधानमन्त्रीले पुनः हात मिलाए र तस्बिर खिचाए । जहाँ सीता भने मोदीतिर देखिइन् ।
Loading... सामाजिक संजालमा भाइरल
Loading...
अहिले सीता मोदीको साइडमा रहेको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ । यसलाई विभिन्न दृष्टिकोणबाट टिका–टीप्पणी समेत गरिएको छ । कतिपयले मोदीसँग तस्बिर लिने धुनमा सीता त्यसतर्फ गएको भनेका छन् त कतिले हाँसि मजाक गरेका छन् । खासमा यदी उनी पहिल्यैदेखि प्रचण्डको बाँयापट्टी भएर आएकी हुन्थिन भने त्यो अवस्थाको सामना गर्नुपर्ने थिएन ।
तर, आफू उभिएको साइड नै तस्बिरको एंगल भएको र आफ्ना कारण प्रचण्ड क्यामेराको फ्रेममा नआउने चाल पाएपछि द्धिविधामा परेकी सीताको असहजतालाई बुझेर मोदीले अर्कोपट्टी बोलाएको अनुमान लगाउन सकिन्छ ।काठमाण्डु टुडेबाट
Loading...


Post a Comment