वि.सं. २०७३ साल भदौ ३१ गते। शुक्रबारको राशिफल


Loading...


वि.सं. २०७३ साल भदौ ३१ गते। शुक्रबार। इश्वी सन् २०१६ सेप्टेम्बर १६ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– पूर्णिमा, २४:४९ बजेउप्रान्त प्रतिपदा।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपछिका लागि गरिएको लगानीले फाइदा दिनेछ। आम्दानी रोकिनाले आजको योजना स्थगित हुन सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुमाउनुपर्ने स्थिति आउन सक्छ। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। केही संघर्षपछि मात्र फाइदा उठाउन सकिनेछ। जसको उपकार गरिन्छ, उसैबाट धोका पाइनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन पनि आउन सक्छ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiनसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। धेरैले मेहनतको तारिफ गर्नेछन्। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। सामान्य मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerश्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। बोली-व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउला। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिएलान्। धैर्य एवं विवेकले काम लिने चेष्टा गर्नुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। 

Loading...
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraशुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमनको डरले सताए पनि परिस्थितिले साथ दिनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। पहिले ईर्ष्या गर्नेहरू पनि सहयोगीका रूपमा देखा पर्नेछन्। बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा पशुधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। घरबाटै दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्। सोखले खर्च बढाउनेछ। कृषि तथा पशुपालनमा लगानी बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ। अरूको विश्वास गर्दा धोका पाइनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआँटले काम लिँदा फाइदा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। मान-सम्मान प्राप्त हुनेछ भने मेहनतले सम्मानित स्थान दिलाउनेछ। तार्किक क्षमता बढ्नुका साथै अभिव्यक्ति कलालाई निखार्ने समय छ। कार्यसम्पादन गर्ने क्षमता पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। रमाइलो यात्राका साथै विशेष सभा–समारोहमा भाग लिने मौका छ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusहिम्मतले काम लिँदा चिताएको सफलता प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारमा मनग्य हाभ हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुन समय छ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । ईर्ष्या गर्नेहरूले हार खानेछन् भने चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2