Loading...
फेसबुक शब्द, तस्बिर, दृश्य मार्फत भावना र विचार साट्ने महत्वपूर्ण माध्यम बनेको छ । आफूले गरिरहेका कामका साथै साथीभाइ, आमाबुवा, छोराछोरीका दैनिक व्यवहारबारे पनि फेसबुकमा लेख्ने तथा फोटो सेयर गर्ने गरिन्छ । तर फेसबुकमा आफ्ना सन्तानको फोटो पोष्ट गर्ने बानी छ भने अब होसियार हुनुहोस् ।
अष्ट्रियामा आमाबुवाले आफ्नो बच्चा बेलाको फोटो फेसबुकमा सेयर गरिदिएर मानहानी गरेको भन्दै १८ वर्षकी युवतीले आमाबुवा विरुद्ध मुद्दा हाल्ने भएकी छिन् । आमाबुवाले उनी सानो छँदा दिसा गरिरहेको, बाल्यकालमा लुगा नलगाइ सुतिरहेकोलगायत ५ सयभन्दा बढी फोटो फेसबुकमा पोस्ट गरेपछि उनले मुद्दा हाल्ने तयारी गरेकी हुन् । आमाबुवाको यो गतिविधिले आफ्नो मानहानी भएको, साथीहरुमाझ लज्जित बनाएको साथै व्यक्तिगत स्वतन्त्रता हनन भएको उनको भनाइ छ ।
Loading...
Loading...


Post a Comment