सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी


Loading...

फाइल तस्बिर

असोज  , काठमाडौं । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुव्र्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छिन् ।
केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धीत प्रश्न पनि सोधेर थप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।स्रोतका अनुसार केटिएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए । महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम् आएकोमा ढोका खोलिएको उनको भनाइ छ ।

Loading...

उनले अध्यक्ष साहले पनि श्रीमान भएरनभएको, छोराछोरी भएरनभएको, काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबढ भएको लगायत प्रश्न गरेको उजुरीमा उल्लेख छ ।महिला अधिकारकर्मी मञ्जु भण्डारीले महिला कामदारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग गरिन् ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी खतिवडाले भने उजुरी आएको र त्यस विषयमा खनुसन्धान हुने बताए ।

यो पनि पढ्नुस्:के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा?


Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2