भोलिदेखि सुपथ मूल्यका पसल कहाँ-कहाँ ? के किन्दा कति छुट ?


Loading...

३१ भदौ, काठमाडौं । सरकारले भोलि शनिबारदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ । दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालनको तयारी गरेको हो ।
साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानको समन्वयमा सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्न लागिएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।
कहाँ खुल्छ पसल ?

Loading...
काठमाडौंमा ११ स्थानमा सुपथ मूल्यका पसल चलाउन लागिएको छ । थापाथली, नख्खु, रामशाहपथ, जाउलाखेल, बल्खु-कलंकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, सिंहदरबार र भक्तपुरमा सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् । यो बाहेक उपत्यका मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।
त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटाैंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा आउनेछन् ।
मागअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पनि जिल्लाहरुका सुपथ मूल्यको पसल चलाउन लागिएको छ । माग भएमा साल्ट ट्रेडिङ कर्पोरेशनका अञ्चल कार्यालयमार्फत जिल्लामा सुपथ मूल्यका सामग्री आपूर्तिको व्यवस्था गरिएको छ ।
के किन्दा कति छुट ?
सुपथ मूल्यका पसलमा साल्ट नुन १६ रुपैयाँ र चिनी ७९ रुपैयाँमा किन्न पाइनेछ । खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ भने खसीबोकामा पनि प्रतिकिलो १० रुपैयाँ छुटको निर्णय भएको छ ।
त्यो बाहेक मैदा, सुजी, दाल र सोयाविन तेलमा अधिकतम् छुट दिने गरी व्यवस्था मिलाइएको कर्पोरशेनका प्रवक्ता कुमार राजभण्डारीले बताए । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ ।
चाडपर्वकै लागि सरकारले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाइसकेको छ । हाल प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँँ छ ।
राजधानीको ११ स्थानमा सरकारले आफैंले सञ्चालन गर्ने पसलमा नेशनल ट्रेडिङका विद्युतीय सामान, मेसिनेरी पार्टपुर्जा राख्नेछ भने खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी उपलब्ध गराउनेछ ।
खुद्रा ब्यापारीरुले पनि साल्ट ट्रेडिङबाट सामान लिएर सुपथ मूलयमा उपभोग्य सामग्री बेच्ने भएका छन् । खुद्रा ब्यापार संघको समन्वयमा खुद्रा ब्यापारीले १ लाख लिटर खाने तेल, ५ हजार बोरा चिनी र ३ हजार नुन बोरा नुन दिइएको छ ।

Loading...

0/Post a Comment/Comments

Previous Post Next Post

Like On Facebook

Ads1

Recent Posts

Ads2