Loading...
Loading...
काठमाडौँ ३१ भदौ । एक पछि अर्को गर्दे चलचित्रमा व्यस्त रहेका नायक निखिल उप्रतिको चलचित्र ‘किंग’को प्रदर्शन मिति सरेको छ । दशैको छेका पारेर प्रदर्शन गर्न लागिएको चलचित्रको पोस्ट प्रोडक्सनकाे काम नसकिएको कारणले प्रदर्शन मिती सारिएको निर्माण पक्षले बताएको छ ।
‘असोज २१मा प्रदर्शन हुने भनिएता पनि प्राविधिक कारणले तोकीएको मितिमा आउन सकेनौ ’निर्माता जयन श्रेष्ठले जानकारी दिए । किंग संगै चलचित्र ‘किस्मत २’ प्रदर्शनमा आउने थियो भने अब किस्मत २ले एकल प्रदर्शन गर्ने छ ।
सविर श्रेष्ठ निर्देशित चलचित्र ‘किंग’मा निखिलसंगै वेनिशा हमाल र अनुपविक्रम शाहिको मुख्य भुमिका रहेको छ । एक्सन संगै लभ स्टोरीमा आधारीत रहेको चलचित्रको अर्को प्रदर्शन मिति तय गरिएको छैन ।
Loading...


Post a Comment